कोहलपुर। बाँकेको कोहलपुरमा हिजो भएको घटनाको छानबिन गर्न न्यायिक समिति गठन गर्न गृहमन्त्रालयमा अनुरोध गर्ने निर्णय भएको छ।
ट्रकले स्कुले बालिकालाई ठक्कर दिई गम्भीर घाइते बनाएपछि उत्पन्न असहज अवस्थालाई सामान्य बनाउन आज बसेको सर्वपक्षीय बैठकले यस्तो निर्णय गरेको हो। बैठकले भोलि सद्भाव र्यालीको आयोजना गर्ने निर्णय पनि गरेको छ।
घटनाको क्रममा भएको तोडफोड, आगलागीबाट भएको क्षतिको लगत संकलन गर्न विज्ञ र सरोकारवालासमेत रहेको समिति गठन गरी समितिले उचित देखेको क्षतिपूर्ति उपलब्ध गराउन सरकारलाई अनुरोध गर्ने समेत बैठकले निर्णय गरेको छ।
त्यस्तै घटनामा घाइते भएका सम्पूर्ण घाईतेहरुको उपचार खर्च राज्यले गर्ने तथा उक्त घटनामा दुबै खुट्टा गुमाएकी छात्रा प्रकृती चन्दको शिक्षादीक्षासहित जीवनयापनका लागि उचित क्षतिपूर्तिको व्यवस्था गर्न पनि गृहमन्त्रालयलाई अनुरोध गर्ने निर्णय पनि बैठकले गरेको छ।
बाँकेका प्रहरी प्रमुख एसपी वीरबहादुर वलीका अनुसार घटनास्थल आसपासको चार किल्ला क्षेत्रमा जारी गरिएको निषेधित क्षेत्र भने हटाइएको छैन। २२ मंसीर, दिउँसो ३ बजेदेखि घटनास्थल आसपासको चार किल्ला क्षेत्रलाई निषेधित क्षेत्र तोकिएको छ।
२२ मंसीर बिहान ना.२ ख ९४५९ नम्बरको ट्रकले त्रिभुवन माध्यामिक विद्यालय कोहलपुरको कक्षा सातमा अध्ययनरत बालिका प्रकृति चन्दलाई ठक्कर दिएर घाइते बनाएको थियो। त्यसपछि प्रदर्शन चर्किएको थियो। झडपमा १० विद्यार्थी र इलाका प्रहरी कार्यालयका डीएसपी हेमबहादुर शाहीसहित नौ जना प्रहरी घाइते भएका थिए। दुर्घटनामा घाइते बालिकासहित तीन जनालाई हिजै थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ।
यसैबीच इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक शाहीलाई जिल्ला प्रहरी कार्यालय बाँकेमा तानिएको छ। उनको ठाउँमा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहलाई पठाइएको छ। शाहीको कमाण्डमा प्रहरीले प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुमाथि अत्यधिक बल प्रयोग गरेको आरोप लागेको छ।
" /> कोहलपुर। बाँकेको कोहलपुरमा हिजो भएको घटनाको छानबिन गर्न न्यायिक समिति गठन गर्न गृहमन्त्रालयमा अनुरोध गर्ने निर्णय भएको छ।ट्रकले स्कुले बालिकालाई ठक्कर दिई गम्भीर घाइते बनाएपछि उत्पन्न असहज अवस्थालाई सामान्य बनाउन आज बसेको सर्वपक्षीय बैठकले यस्तो निर्णय गरेको हो। बैठकले भोलि सद्भाव र्यालीको आयोजना गर्ने निर्णय पनि गरेको छ।

">