नेपाललाई सागमा अहिलेसम्मकै ठूलाे सफलता (पदक तालिकासहित)
काठमाडौं। १३औं दक्षिण एशियाली खेलकुद (साग)मा हालसम्म नेपालले ४९ स्वर्ण जितेको छ।

याे भनेकाे सागमा नेपाललाई अहिलेसम्मकै ठूलाे सफलता हाे।

यसअघि सन् १९९९ मा नेपालमै भएकाे आठौं सागमा जितेकाे ३१ स्वर्ण नै नेपालका लागि ठूलाे उपलब्धि थियाे।

आज जुडोमा पुनम श्रेष्ठ, बक्सिङमा भुपेन्द्र थापा, मिनु गुरुङ र पौडीमा गौरिका सिंहले स्वर्ण पदक थपेका हुन्।

नेपालले सागमा ५० स्वर्ण पदकको लक्ष्य राखेको छ।

२४ मंसीरमा हुने पुरुष फुटबल फाइनलमा भुटानलाई जिते नेपालले लिएको स्वर्ण लक्ष्य पूरा हुनेछ।

हालसम्म पदक तालिकाको शीर्ष स्थानमा भारत छ। उसले १४३ स्वर्ण जितेको छ।

त्यस्तै श्रीलंकाले ३६, पाकिस्तानले ३०, बंगलादेशले १९ र भाल्दिभ्सले १ स्वर्ण जितेका छन्।

भुटानले भने एउटा पनि स्वर्ण जितेको छैन।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्