संघीयताको संक्रमण देखाएर भ्रष्टाचार गर्ने छुट छैनः अख्तियार प्रमुख घिमिरे

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुख आयुक्त नवीनकुमार घिमिरेले संघीयताको संक्रमण देखाएर कसैले पनि भ्रष्टाचारसम्बन्धी गतिविधि गर्न छुट नभएको बताएका छन्।

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले भ्रष्टाचार विरूद्ध दिवसको अवसरमा आज काठमाडौंमा गरेको कार्यक्रममा घिमिरेले यस्ता विषयमा आयोग चुप लागेर नबस्ने बताएका हुन्।

“कानून निर्माताहरूले नै कानुनको दायराभित्र रहेर कार्यसम्पादन नगर्ने हो भने भ्रष्टाचार मौलाउँदै जान्छ,” उनले भने।

प्रमुख आयुक्त घिमिरेले गत वर्ष आयोगले अदालतमा दायर गरेको मुद्दाहरूमा ८८ प्रतिशत सफलता मिलेको जानकारी दिए।

कार्यक्रममा मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले अदालतमा मुद्दा बढ्दै जानुले भ्रष्टाचार बढ्दै गएको स्पष्ट हुने बताए।

प्रतिक्रिया दिनुहोस्