संस्थानमा डुब्यो साढे १८ अर्ब लगानी
काठमाडौं। सरकारले वैदेशिक ऋण लिएर संस्थानमा गरेको १८ अर्ब ५० करोड रूपैयाँ लगानी डुबेको छ।

सार्वजनिक संस्थान, निकाय र विकास समितिमा गरी ३७ वटा संस्थामा एक खर्ब ४६ अर्ब रूपैयाँ वैदेशिक ऋण लगानी थियो।

त्यसमध्ये १५ संस्थानमा गरिएको १८ अर्ब ५० करोड रूपैयाँ लगानी डुबेको हो।

संस्थानलाई दक्षतापूर्वक सञ्चालन गर्न नसक्दा ऋण लगानीमा प्रतिफल प्राप्त हुन सकेको छैन।

सरकारले रघुपति जुट मिल्स, विराटनगर जुट मिल्स लिमिटेडलगायतका उद्योग सञ्चालनका लागि दाता मुलुकबाट ऋण लिएको थियो।

तर, यी संस्थानबाट ऋण उठेको छैन। दातृ निकायले भने सरकारलाई दिएको ऋण मिनाहा गरिसकेका छन्।

वैदेशिक ऋण लिएर सञ्चालन गरिएका १० औद्योगिक संस्थानमध्ये ६ वटा बन्द भइसकेका छन्।

विराटनगर जुट मिल्स लिमिटेड, वीरगञ्ज चिनी कारखाना, नेपाल कोल लिमिटेड, नेपाल रोजिन एन्ड टर्पेन्टाइन, भक्तपुर इँटा कारखाना र हिमाल सिमेन्ट कम्पनी बन्द भएको आजको अन्नपूर्ण पोष्टमा समाचार छ।
उदयपुर सिमेन्ट नाफामा सञ्चालन भइरहे पनि उद्यागबाट सरकारले ऋण उठाउन सकेको छैन।

पूर्वअर्थसचिव रामेश्वर खनाल राजनीतिक परिवर्तनसँगै हुने नियुक्ति, मितव्ययिता अभाव र भ्रष्टाचारले संस्थान व्यवस्थापन गर्न नसकिएको बताउँछन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्