आज उपत्यकामा जोर नम्बरका सवारी मात्र चलाउन पाइने

काठमाडौं। १३औं दक्षिण एशियाली खेलकुद (साग)को समापन हुने दिन आज काठमाडौं उपत्यकाभित्र जोर नम्बरका सवारीसाधन मात्र चलाउन पाइने भएको छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक व्यवस्थापनलाई व्यवस्थित र सुरिक्षत बनाउन चक्रपथभित्र जोर नम्बर प्लेट भएका निजी र भाडाका सवारी साधन मात्र प्रयोग गरिदिन सार्वजनिक रुपमा अनुरोध गरेको छ।

महाशाखाका प्रमुख, एसएसपी भीम ढकालले त्रिपुरेश्वरस्थित् दशरथ रंगशाला भएर चल्ने सवारीलाई सकेसम्म वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरेका छन्।

देखापढीसँग कुरा गर्दै एसएसपी ढकालले दक्षिण एशियाली देशमा नेपालको राम्रो सन्देश प्रवाह गर्न पनि ट्राफिक व्यवस्थापनमा सहयोग गर्न सबैलाई आग्रह गरे।

१५ मंसीरबाट शुरु भएको सागको आज हुने समापन समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओलीले भिडिओ कन्फरेन्समार्फत् सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

प्रतिक्रिया दिनुहोस्