काठमाडौं। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल नेतृत्वको झापाका नेता ‘गगन’ भनिने रेवतराज पुरीसहित छ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
विभागका प्रवक्ता सुशीलप्रसाद आचार्यले झापाको दमक नगरपालिका वडा नम्बर १३ मा रहेको सरकारी जग्गा हडपेर सम्पत्ति आर्जन गरेको निष्कर्षसहित आज मुद्दा दायर गरिएको जानकारी दिए।
उनले मुद्दामा नेता पुरीकी श्रीमती केशावती पुरी, आफन्त मनमाया पुरी, देवकुमारी पुरी, कृष्णकुमार पुरी र संगीता पुरीलाई विपक्षी बनाइएको देखापढीलाई बताए।
मुद्दामा सरकारी जग्गा हडपेर रेवती र उनकी श्रीमतीविरुद्ध समान १२ करोड १३ लाख ७२ हजार एक सय ७८.८६ रूपैयाँ, आफन्त मनमायाविरुद्ध ९९ लाख चार हजार सात सय ५०.२२ र देवकुमारीविरुद्ध ४६ लाख २४ हजार आठ सय ४२.२२ रूपैयाँ अकूत सम्पत्ति आर्जन गरेको विभागको दाबी छ।
विभागले गीता र कृष्णकुमारीको हकमा भने बिर्तामोडमा उनीहरूको नाममा रहेको सात रोपनी एक आना जग्गा जफत गर्नुपर्ने भनेको छ।
" /> काठमाडौं। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल नेतृत्वको झापाका नेता ‘गगन’ भनिने रेवतराज पुरीसहित छ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।विभागका प्रवक्ता सुशीलप्रसाद आचार्यले झापाको दमक नगरपालिका वडा नम्बर १३ मा रहेको सरकारी जग्गा हडपेर सम्पत्ति आर्जन गरेको निष्कर्षसहित आज मुद्दा दायर गरिएको जानकारी दिए।

">