भोजपुरमा जुनारको रस सर्किएर १ जनाको मृत्यु
<p>भोजपुर। भोजपुरको उत्तरी दिङ्लामा जुनारको रस सर्किएर एक व्यक्तिको मृत्यु भएको छ। </p>
<p>षडानन्द नगरपालिका –१२ सुनखानीमा स्थानीय ५० वर्षीय मान बहादुर घिसिङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, भोजपुरले जनाएको छ । </p>
<p>स्थानीय तारा राईको बारीमा फलेको जुनार खाँदा घिसिङको २३ मंसीरमा मृत्यु भएको हो। </p>
<p>घटनास्थललाई सुरक्षित राखेर अनुसन्धान शुरु गरिएको भोजपुर प्रहरी प्रवक्ता इन्सपेक्टर पाण्डव राजवंशीले <em>देखापढी</em>लाई बताए। </p>
प्रतिक्रिया दिनुहोस्