त्यसैले नेपाली फुटबल टोलीमाथि प्रतियोगिताको सुखद अन्त्य गर्ने जिम्मेवारी आइपुगेको छ। कप्तानका हिसाबले सुजलमाथि अझ बढी जिम्मेवारी छ। उनी भन्छन्, "समूह चरणमा भुटानमाथि सहज जित निकालेका थियौं। तर, त्यसो भन्दैमा हामी मात्तिनु हुँदैन। त्यो विगत भैसक्यो। यो विल्कुल नयाँ खेल हो। त्यही अनुसार हामी मैदान उत्रन्छौं। विश्वास छ नतिजा पनि सुखद आउँछ।"
सुजलले नेपालले कप्तानी गरेको यो पहिलो आधिकारिक प्रतियोगिता हो। पहिलो प्रतियोगितामै स्वर्ण पदकका साथ सुखद अन्त्य गर्ने अवसर उनी सामु छ। सुजलले नेपाली फुटबल इतिहासमा आफ्नो नाम स्वर्णिम अक्षरले लेखाउने मौका पाएका छन्।
विगतका नतिजा हेर्ने हो भने सुजल त्यो क्षणबाट धेरै टाढा पनि छैनन्। भुटान तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्द्वी हो।
सिनियर फुटबलमा भुटानले नेपालमाथि कडा चुनौती पेश गर्न सकेको छैन। विगतको नतिजा एकतर्फी रूपमा हाबी छ।
तर, यस प्रतियोगितामा भुटानको प्रदर्शन लोभलाग्दो छ। नेपालबाहेक भुटानले विगतमा बलियो टोलीको विरासत बोकेका बंगलादेश, माल्दिभ्सजस्ता टोलीलाई हराएको छ।
समूह चरणको अन्तिम खेलमा त श्रीलंकामथि ३–० को नतिजा निकाल्यो।
भुटानलाई कमजोर आँक्ने पक्षमा छैनन्, सुजल। उनी भन्छन्, "विपक्षीलाई कमजोर रूपमा लिन मिल्दैन। पछिल्लो एक साता उनीहरुले उच्च स्तरको प्रदर्शन गरेका छन्।"
नेपालले पनि राम्रो प्रदर्शनसहित फाइनलमा स्थान बनाएको छ। प्रतियोगितामा नेपाल एक्लो अपराजित टोली हो।
दोस्रो खेलमा श्रीलंकाविरुद्ध १–१ को बराबरी खेल्नुबाहेक नेपालले बाँकी खेलमा विजयी नतिजा निकाल्दै समूह विजेताको हैसियतमा फाइनलमा स्थान बनाएको हो।
विपक्षी पोष्टमा ८ गोल गरेको नेपालले ३ गोल खाएको छ। त्यसमा कप्तान सुजल एक्लैले ३ गोल गरेका छन्। गोलको अवसर पनि सिर्जना गरेका छन्। उनले कप्तानको भुमिकालाई सही सावित गरेका छन्।
फिफा विश्वकप २०२२ छनोट प्रतियोगिताको तयारीस्वरूप नेपाली राष्ट्रिय फुटबल टोली मलेसियाको दारुल ता जिम क्लबविरुद्ध मैदानमा उत्रिँदा सुजल पहिलो पटक नेपालको जर्सीमा आर्म ब्यान्ड बाँधेका थिए।
राष्ट्रिय टोलीका नियमित कप्तान विराज महर्जन ‘फिटनेस’ समस्याका कारण टोलीमा नपर्दा उपकप्तान किरण चेम्जोङ ‘जे-लिग’ का लागि ट्रायल दिन जापान पुगेका थिए। कप्तान र उपकप्तान दुबै टोलीमा नभएपछि नेतृत्व गर्न सक्ने खेलाडीको सूचीमा सुजल, बिक्रम लामा र रोहित चन्द थिए।
कप्तान ‘अनफिट’, उपकप्तानको अनुपस्थिति, प्रमुख प्रत्यासी रोहितको व्यस्तता तथा बिक्रम लामा खुट्टाको चोटका कारण भर्खरै राष्ट्रिय टीममा पुनरागमन गरेको जस्ता विभिन्न संयोगकै कारण रोहितकै ब्याचका सुजलले राष्ट्रिय टोलीको नेतृत्व गर्ने मौका पाए।
तथापी सुजलको त्यो मलेसिया यात्रा भने सुखद हुन सकेन। नेपाल १–० ले पराजित भयो।
त्यसपछि विश्वकप छनोट प्रतियोगिताको तयारीकै लागि नेपालले कात्तिक तेस्रो साता म्यानमारविरुद्ध पनि मैत्रीपूर्ण खेल खेल्यो।
त्यसमा पनि सुजलले कप्तानी गरे। नतिजा पूनः उस्तै। नेपाल ३–० ले पराजित भयो।
त्यसपछि सुजलले सागमा यु-२३ टिमको कप्तानी गर्ने जिम्मेवारी पाए। स्वर्ण पदक रक्षा गर्ने जिम्मेवारीका साथ। यस प्रतियोगितामा भने सुजलले आफूलाई प्रमाणित गरिरहेका छन्। अन्तिम परिक्षा आज हुन बाँकी नै छ।
एन्फा एकेडेमीबाट चौथो ब्याचका रूपमा २००७ मा ‘ग्य्राजुएट’ भएका मिडफिल्डर सुजलले २०११ मा भुटानविरुद्धको मैत्रीपूर्ण खेलमा डेब्यू गरेका थिए।
मैत्रीपूर्ण खेलमा विशेष गरी नयाँ खेलाडीलाई मौका दिइन्छ। परिक्षण गरिन्छ। र, त्यो अवसर पनि हो उदीयमान खेलाडीका लागि।
२०११ को मार्च १४ र १७ मा नेपालले भुटानविरुद्ध दुई मैत्रीपूर्ण खेल खेलेको थियो। त्यसै क्रममा सुजलले पहिलोपटक राष्ट्रिय टोलीको जर्सी लगाउने मौका पाए।
‘डेब्यु’ पछि राष्ट्रिय टोलीबाट २०१३ सम्म लगातार उपस्थिति जनाएका सुजलले बीचका केही समय भने संघर्ष गर्नुपर्यो। टोलीमा आउने जाने क्रम चलिरह्यो।
प्रदर्शन खस्केकै कारण २०१३ देखि २०१६ सम्म उनले राष्ट्रिय टोलीमा स्थान बनाउन संघर्ष गरिरहे।
तर हरेस खाएनन्। विचलित भएनन्। व्यावसायिक फुटबलमा उनले गरेको मिहिनेतका कारण २०१६ मा सम्पन्न एएफसी सोलिडारिटी कपमा उनी पूनः राष्ट्रिय टोलीमा फर्किए।
मलेसियामै सम्पन्न उक्त प्रतियोगतामा नेपालले समूह ‘ए’ को विजेता बन्दै अन्तिम चारमा स्थान बनायो। अन्तिम चारमा लाओसलाई टाईब्रेकरमा पराजित गर्दै नेपालले उपाधि भिडन्त पक्का गर्यो।
टाइब्रेकरमा लाओसलाई ३-० ले पराजित गर्दा निर्णायक गोल गर्ने सुजल नै थिए।
सुजलले फाइनलमा निर्णायक गोल गरे। सुजलकै गोलमा नेपालले मकाउलाई १-० ले हराउँदै पहिलोपटक सोलिडारिटी कपको उपाधि जित्यो।
त्यसपछि भने उनले पछाडी फर्केर हेर्नु परेको छैन। २००७ मा संकटा ब्वाइज स्पोर्ट्स क्लबबाट व्यावसायिक फुटबल शुरू गरेका सुजल २००८ मा मनाङ मर्स्याङ्दी पुगे।
त्यसयता मनाङका नियमित सदस्य बनेका सुजललाई नयाँ सिजनमा नयाँ जर्सीमा हेर्न पाइनेछ।
मनाङसँग झन्डै दश वर्षको सहयात्रालाई विट मार्दै सुजल मछिन्द्र फुटबल क्लबसँग अनुबन्ध भएका छन्। उनी शहिद स्मारक ‘ए’ डिभिजन लिगको नयाँ सिजन मछिन्द्रको जर्सीमा हुनेछन्।
" />

">