काठमाडौं। भारतका पूर्वअर्थमन्त्री तथा राज्यसभाका सांसद पी. चिदम्बरमले भारत सरकारलाई ‘किन नियमित नेपालको आन्तरिक मामिलामा टिप्पणी गर्छौं?’ भनी प्रश्न गरेका छन्।
भारतमा एक महिनाभन्दा अघिदेखि चलिरहेको किसान आन्दोलनका विषयमा अन्तर्राष्ट्रिय सेलिब्रेटीहरूले बोल्न थालेपछि चिदम्बरमले नेपालको नाम लिएका हुन्।
भारतको किसान आन्दोलनमा नेपालको नाम कसरी जोडियो त?
यसको सुरूआत हुन्छ गायिका तथा नायिका रिहानाबाट।
रिहानाले मंगलबार एउटा ट्वीट गरेकी थिइन्। अमेरिकी टेलिभिजन सीएनएनको अनलाइन संस्करणमा प्रकाशित भारतमा आन्दोलनरत किसानको समाचार सेयर गर्दै रिहानाले ट्वीटरमा लेखेकी थिइन्, “हामी यस बारेमा किन नबोल्ने।”
रिहानाको ट्वीट भारतीय मिडियाभरि छायो। यसले भारतमा एउटा तरंग ल्यायो, जुन तरंग एक महिना अघिदेखि भारतमा चलेको किसान आन्दोलनले ल्याउन सकेको थियो।
भारतीय खेलाडीदेखि नायक नायिकासम्म अहिले रिहानाको पक्ष र विपक्षमा बोलिरहेका छन्। नायिका कंगनाले रिहानाले मूर्खसम्म भन्न भ्याएकी छिन्। सचिन तेण्डुलकर, रभी शास्त्री, शिखर धवन, सुरेश रैना, अनिल कुम्बलेलगायतले रिहानालाई अरूको आन्तरिक मामिलाम नबोल्न आग्रह गरेका छन्।
भारतीय हरेक अनलाइनले रिहानाको ट्वीटलाई लिएर समाचार बनाए। आन्दोलनरत किसानले रिहानालाई धन्यवाद दिए।
रिहानाको ट्वीटले भारतलाई दुई धारमा विभाजन गर्यो। एकथरी छन्, जसले रिहानाले ठीक कुरा गरिन् भन्दै धन्यवाद दिइरहेका छन्। अर्कोथरी छन्, जो कुनै पनि देशको आन्तरिक मामिलामा बोल्न पाइँदैन भन्दै रिहानाको आलोचना गरिरहेका छन्।

भारतमा रिहानाको ट्वीटको चर्चा यति धेरै भयो कि बुधबार भारतीय विदेश मन्त्रालय विज्ञप्ति निकाल्न बाध्य भयो। विदेश मन्त्रालयलेसमेत रिहानालाई अरूको आन्तरिक मामिलामा नबोल्न र बोल्नै परे पनि सत्यतथ्य बुझेरमात्र बोल्न चेतावनी दियो।
रिहानाको ट्वीटपछि ग्रेटा थनबर्गले पनि भारतमा आन्दोलनरत किसानको बारेमा बोलिन्। त्यसपछि पूर्वपोर्न स्टार मिया खालिफाले भारतका किसान आन्दोलनलाई साथ दिने गरी ट्वीट गरिन्। कुरा यति अघि बढ्यो कि गएराति अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले समेत भारतलाई किसानहरूको शान्तिपूर्ण आन्दोलनको सम्मान गर्न भने।
“म्यानमारमा सेनाले सत्ता लिँदा विदेश मन्त्रालयले किन टिप्पणी गर्यो? यो विदेश मन्त्रालयको लागि किन सम्बन्धित भयो? विदेश मन्त्रालयले नियमित रूपमा ती मुद्दामाथि किन टिप्पणी गर्छ, जुन नेपाल र श्रीलंकाको लाग ‘आन्तरिक’ हुन्छ?”
भारतभित्रै धेरै सेलिब्रेटी र विदेश मन्त्रालयले समेत अन्य देशका व्यत्तिहरूलाई किसान आन्दोलनका विषयमा नबोल्न र अरूको आन्तरिक मामिलामा जबर्जस्ती नघुस्न भनेपछि पूर्वअर्थमन्त्री चिदम्बरमले नेपालकोसमेत नाम जोडेर आज ट्वीट गरेका हुन्।
“रिहाना र ग्रोट थनबर्ग विदेश मन्त्रालयलाई जगाउन सक्छन्, यो राम्रो भयो। विदेश मन्त्रालयले कहिले महसुस गर्छ कि मानवअधिकार तथा जनजीविकाका मुद्दा उठाउने व्यक्तिले राष्ट्रिय सीमालाई चिन्दैन भन्ने,” चिदम्बरमले ट्वीटरमा लेखेका छन्, “म्यानमारमा सेनाले सत्ता लिँदा विदेश मन्त्रालयले किन टिप्पणी गर्यो? यो विदेश मन्त्रालयको लागि किन सम्बन्धित भयो? विदेश मन्त्रालयले नियमित रूपमा ती मुद्दामाथि किन टिप्पणी गर्छ, जुन नेपाल र श्रीलंकाको लाग ‘आन्तरिक’ हुन्छ?”
चिदम्बरले ट्वीटमा ट्रम्प समर्थकद्वारा वासिङ्टनस्थित क्यापिटल भवन हमला गरेको घटना पनि स्मरण गरेका छन्। जुन घटनाका सम्बन्धमा चिन्ता व्यक्त गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गरेका थिए।
“ट्रम्प समर्थकले वासिङ्टनस्थित क्यापिटल भवनमा हमला गर्दा भारतीय प्रधानमन्त्रीले किन टिप्पणी गरे? एस जयशंकरजस्तो पुरानो र चतूर व्यक्ति विदेश मन्त्रालयलाई बच्चाबच्चीको जस्तो व्यवहार गर्ने अनुमति कसरी दिए, यो दुःखद् हो,” चिदम्बरमले भनेका छन्।
भारतमा मोदी सरकारले कृषिसम्बन्धी तीनवटा कानुन ल्याएको थियो। उक्त कानुनले हित नगर्ने भन्दै भारतमा किसानहरू आन्दोलनरत छन्। उनीहरूले आन्दोलन सुरू गरेको एक महिनाभन्दा बढी भइसकेको छ। भारत सरकार र किसानबीच विभिन्न चरणमा वार्ता हुँदा पनि समाधान निस्कन सकेको छैन। यसैबीच रिहानाको ट्वीटले भारत तरंग ल्याएको हो।
" /> काठमाडौं। भारतका पूर्वअर्थमन्त्री तथा राज्यसभाका सांसद पी. चिदम्बरमले भारत सरकारलाई ‘किन नियमित नेपालको आन्तरिक मामिलामा टिप्पणी गर्छौं?’ भनी प्रश्न गरेका छन्।भारतमा एक महिनाभन्दा अघिदेखि चलिरहेको किसान आन्दोलनका विषयमा अन्तर्राष्ट्रिय सेलिब्रेटीहरूले बोल्न थालेपछि चिदम्बरमले नेपालको नाम लिएका हुन्।

">