रंगशालामा पत्रकारमाथि प्रहरीको लाठी चार्ज

काठमाडाैं। १३ औं साग अन्तर्गत नेपाल र भुटानबीच आज दिउँसो हुने फुटबलको फाइनलको टिकट वितरण स्थलमा विवाद भएपछि प्रहरीले लाठी चार्ज गरेको छ।

प्रहरीको लाठी चार्जबाट नागरिक दैनिकमा कार्यरत पत्रकार सुमन चापागाईं घाइते भएका छन्।

प्रहरीले लाठी चार्जबाट खेलको टीकट लिन पुगेका दर्शकहरू पनि घाइते भएका छन्।

प्रहरीले टिकट लिन गएका दर्शकलाई लाठी चार्ज गरिरहेको फोटो खिच्ने क्रममा पत्रकारमाथि पनि प्रहरीले लाठीचार्ज गरेको प्रत्यदर्शीहरुले बताएका छन्।

प्रहरी सिनियर अधिकृतहरुकै कमान्डमा खटिएको टोलीले दर्शक र पत्रकारमाथी लाठी प्रहार भएको हो । आज दिउँसो नेपाल र भुटानको फुटबल फाइनल खेलपछि सागको समापन हुँदैछ।

प्रहरीको कुटपिट घाइते भएका उनको त्रिपुरेश्वरस्थित स्पाेर्टस् मेडिसिन एन्ड रिसर्च सेन्टरमा उपचार भइरहेको छ। उनलाई त्रिपुरेश्वरस्थित ब्लुक्रस अस्पतालमा सार्ने तयारी भइरहेकाे छ।

प्रहरीको कुटाइबाट उनको कानबाट रगत बगेको छ। रङ्‍गशाला प्रवेश गर्ने दर्शकलाई प्रहरीले कुटपिट गरिरहेको तस्बिर खिच्ने क्रममा पत्रकार चापाईंमाथि कुटपिट भएको हो।

प्रतिक्रिया दिनुहोस्