ज्यान मार्ने प्रयास गरेर भागेका व्यक्ति २० वर्षपछि पक्राउ
काठमाडौं। धादिङमा ज्यान मार्ने उद्योग मुद्दाका फरार एक अभियुक्त २० वर्षपछि पक्राउ परेका छन्।

पक्राउ पर्नेमा नेत्रावती डबजोङ गाउँपालिका–४ गैरागाउँका ४० वर्षीय वेगबहादुर तामाङ छन्।

धादिङ जिल्ला अदालतले तामाङलाई २८ मंसिर २०५६ मा ज्यान मार्ने उद्योग मुद्दामा ९ वर्ष ११ महिना ८ दिन कैदको फैसला गरेको थियो।

अदालतको फैसलालगत्तै फरार रहेका उनलाई प्रहरीले पक्राउ गरेको हो।

तामाङलाई धादिङ अदालतमा पेश गरेर कैद भुक्तानका लागी कारागार कार्यालय धादिङ पठाइएको जिल्ला प्रहरी कार्यालय, धादिङले जनाएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्