घुस लिएको आरोप लागेका दोलखाका सीडीओलाई निलम्बन गर्न अख्तियारको पत्र
<p>काठमाडौं। जिल्ला प्रशासन कार्यालय, दोलखाका प्रमुख जिल्ला अधिकारी (उप–सचिव) खगेन्द्रप्रसाद रिजालले आफ्नो क्षेत्राधिकार भित्रका मुद्दाका अभियुक्तहरूलाई धरौटीमा रिहा गर्न भन्दै उनीहरूसँग घुस लिएको आरोप लागेको थियो। त्यससम्बन्धी समाचारहरू प्रकाशित भएपछि अख्तियारले उनीविरुद्ध अनुसन्धान गरिरहेको जनाएको छ। </p>
<p>अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले आज एक वक्तव्य जारी गरेर रिजाललाई निलम्बन गर्न गृह मन्त्रालयलाई लेखी पठाएको जनाएका छन्। </p>
<p>‘खगेन्द्रप्रसाद रिजालले भ्रष्टाचारजन्य कार्य गरेको सम्बन्धमा अनुसन्धान भइरहेको अवस्थामा निज पदमा बहाल रहिरहँदा आफ्नो बिरुद्धको प्रमाण लोप तथा नष्ट गर्ने वा अनुसन्धान र तहकिकातमा बाधा व्यवधान पुर्‍याउन सक्ने भएको हुँदा’ अख्तियारले सार्वजनिक गरेको प्रेस बतव्यमा भनिएको छ,‘निजलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १९ को उफदफा (३) बमोजिम निलम्बन गर्नका लागि गृह मन्त्रालय सिंहदरवारमा लेखी पठाइएको छ।’</p>
प्रतिक्रिया दिनुहोस्