काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आज दरबारमार्गमा आयोजना गरेको जनसभाका कारण वरपरका क्षेत्रमा सवारी आवागमनमा प्रभाव परेको छ।
दरबारमार्गमा ठूलो भीड जम्मा हुने भएपछि विभिन्न स्थानबाट सवारीसाधन फर्काइएको ट्राफिक प्रहरीले जनाएको छ।
“काठमाडौंको दरबारमार्गमा हुने कार्यक्रमका लागि उपत्यकाका विभिन्न स्थानमा मानिसहरू भेला भइरहेका कारण दरबारमार्ग आसपासको सवारी आवागमनमा प्रभाव परेको छ,” ट्राफिक प्रहरीद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
दरबारमार्गतर्फ जाने भाडाका साना सवारीसाधन तथा पिकअप गाडीलाई त्रिपुरेश्वर, थापाथली, सिंहदरबार, पद्मोदयमोड, पुतलीसडक, कृष्ण पाउरोटी, जय नेपाल, लैनचौर, सोह्रखुट्टेबाट ‘डाइभर्सन’ गरिएको छ।
“सवारी आवागमन सहज बनाउनका लागि भाडाका ठूला सवारीसाधनलाई भने चक्रपथबाट भित्र प्रवेशमा रोक लगाइएको छ,” ट्राफिक प्रहरीले जनाएको छ।
डाइभर्सनका कारण माइतीघर, सिंहदरबार, पुतलीसडक, कृण पाउरोटी, जय नेपाल, लैनचौर र सोह्रखुट्टे हुदै चल्ने सवारीसाधन केही क्यूमा चलिरहेका छन्।
कार्यक्रम अवधिभर सवारीसाधन डाइभर्सन हुने भएकोले सवारीसाधनका चालकलाई अन्य वैकल्पिक मार्गको प्रयोग गर्न ट्राफिक प्रहरीले अनुरोध गरिएको छ।