लन्डन। बेलायतमा पुग्ने पर्यटकहरूलाई अनिवार्य रूपमा क्वारेन्टाइनमा बस्नुपर्ने भएको छ। बेलायत सरकारले यही फेब्रुअरीको १५ तारिखदेखि यस्तो नियम बनाएको हो।
बेलायत पुग्ने विश्वका विभिन्न ३० देशका पर्यटकहरू अनिवार्य रूपमा क्यारेन्टाइनमा बस्नुपर्ने भएको हो। यस्तो क्वारेन्टाइन बेलायतको सरकारले आफैले तोकेको मापदण्डअनुसार हुने पनि बताइएको छ।
बेलायत सरकारले होटल, लज तथा अन्य स्थानमा आवश्यक मापदण्डहरू पूरा गरी यस्तो क्वारेन्टाइन निर्माण गर्ने र कोरोना महामारी बढी प्रभावित रहेका विश्वका ३० देशका नागरिक बेलायत पुगेमा ती क्वारेन्टाइनहरुमा बस्नुपर्ने नियम बताइएको छ।
बेलायतमा नयाँ प्रजातिको भाइरस भित्रिन नदिनका लागि यो नयाँ प्रतिबन्धको घोषणा गरिएको बेलायत सरकारले बिहीबार जानकारी दिएको छ। दक्षिण अमेरिका, दक्षिण अफ्रिकालगायतका देशका नागरिकलाई यो प्रतिबन्ध लगाइएको छ।
ती देशका नागरिक बेलायत आएपछि अनिवार्य रूपमा १० दिनसम्म क्वारेन्टाइनमा बस्नुपर्ने नियम बनाइएको समाचारमा जनाइएको छ।
रासस/सिन्ह्वा
" /> लन्डन। बेलायतमा पुग्ने पर्यटकहरूलाई अनिवार्य रूपमा क्वारेन्टाइनमा बस्नुपर्ने भएको छ। बेलायत सरकारले यही फेब्रुअरीको १५ तारिखदेखि यस्तो नियम बनाएको हो।बेलायत पुग्ने विश्वका विभिन्न ३० देशका पर्यटकहरू अनिवार्य रूपमा क्यारेन्टाइनमा बस्नुपर्ने भएको हो। यस्तो क्वारेन्टाइन बेलायतको सरकारले आफैले तोकेको मापदण्डअनुसार हुने पनि बताइएको छ।

">