काठमाडौं। दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग)को पुरुष फुटबलमा नेपालले स्वर्णपदक जितेको छ।
१३औं साग अन्तर्गत त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनल खेलमा नेपालले भुटानलाई २–१ गोलले हराउँदै स्वर्णपदक जितेको हो। नेपालले भारतमा भएको १२औं सागमा पनि फुटबलमा स्वर्ण जितेको थियो।
नेपालका लागि ५७औं मिनेटका सुनिल बलले गरेको गोल नै जितका लागि निर्णायक बन्यो।
त्यसअघि पहिलो हाफमा १७औं मिनेटमा अभिषेक रिजालले गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए।
तर, खेलको ३७औं मिनेटमा भुटानका चेन्चो ग्याल्सेनले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए।
यो स्वर्णसँगै नेपालले साग फुटबलमा चाैंथोपटक स्वर्ण जितेको छ। यसअघि सन् १९८४ को पहिलो, सन् १९९३ को छैठाैं र सन् २०१६ को १२औं सागमा फुटबलतर्फ स्वर्ण जितेको थियो।
" />