सभामुख नहुँदा भएन विद्या भट्टराईको सपथ

काठमाडौं। संविधानअनुसार संघीय संसदको प्रत्येक सदनका सदस्यले सदन वा त्यसको कुनै समितिको बैठकमा पहिलो पटक भाग लिनुअघि पद तथा गोपनीयताको शपथ अनिवार्यरूपमा लिनुपर्ने हुन्छ।

संविधानको धारा ८८ मा ‘संघीय संसदको प्रत्येक सदनका सदस्यले सदन वा त्यसको कुनै समितिको बैठकमा पहिलो पटक भाग लिनुअघि संघीय कानून बमोजिम सपथ शपथ लिनुपर्ने छ,’ भन्ने व्यवस्था छ।

यसअनुसार १४ मंसीरमा भएको उपनिर्वाचनमा कास्की–२ बाट प्रतिनिधिसभामा निर्वाचित विद्या भट्टराईले पनि संसदको बैठकमा पहिलोपटक भाग लिनुअघि अनिवार्य रूपमा सपथ लिनुपर्छ।

तर, उनले अहिलेसम्म सपथ लिन पाएकी छैनन् ।

१४ मंसीरमा सम्पन्न उपनिर्वाचनमा कास्की–२ को मत परिणाम १५ मंसीर साँझ सार्वजनिक भएको थियो। प्रतिनिधिसभा सभामुखविहीन हुँदा उपनिर्वाचनमार्फत् प्रतिनिधिसभा सदस्यमा निर्वाचित भट्टराईको सपथ अहिलेसम्म हुन नसकेको हो ।

प्रदेशसभा सदस्यतर्फ भएको उपनिर्वाचनमा दाङ–३ ‘ख’ बाट नेकपाकी विमलाकुमारी खत्री वली, बाग्लुङ–२ ‘ख’मा राष्ट्रिय जनमोर्चाका खिमविक्रम शाही र भक्तपुर–१ ‘क’ कृष्णालाल भँडेल निर्वाचित भएका थिए। यी तीनै जनाले पद तथा गोपनीयताको शपथ लिइसकेका छन्।

संघीय संसद सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले सभामुख नभएको अवस्थामा प्रतिनिधिसभामा निर्वाचित सदस्यले संसद अधिवेशनको अध्यक्षता गर्ने व्यक्तिबाट शपथ लिनुपर्ने बताए। “निर्वाचित प्रतिनिधिसभा सदस्यले सभामुखबाटै सपथ लिनुपर्ने हो। तर, अहिले सभामुख नभएको अवस्थमा आगामी संसदको अघिवेशनमा बैठकको अध्यक्षता गर्ने व्यक्तिबाट पनि सपथ लिन सकिन्छ”, धमलाले भने।

प्रतिनिधिसभाका तत्कालीन सभामुख कृष्णबहादुर महराले बलात्कार प्रयासको अभियोग लागेपछि १४ असोजमा राजीनामा दिएका थिए। त्यसयता संसद सभामुखविहीन छ।

प्रतिक्रिया दिनुहोस्