काठमाडौं। नेपाल सरकार र एशियाली विकास बैंक (एडीबी)बीच विभिन्न चार नयाँ परियोजना निर्माणका लागि ४० अर्ब ५८ करोड रूपैयाँको ऋण सम्झौता भएको छ।
पोखरा–मुग्लिङ सडकको स्तरोन्नति, बागमती नदीको सुधार, साना किसानको आम्दानी बढाउन र कृषि तथा खाद्य सुरक्षाका लागि एडीबीसँग सरकारले सम्झौता गरेको हो।
ऋण सहयोग सम्बन्धी सम्झौतामा आज नेपाल सरकारका तर्फबाट अर्थसचिव राजन खनाल र एडीबीका देशीय निर्देशक मुख्तोर खामुद्खानोभले हस्ताक्षर गरे।
कार्यक्रममा एडीबीका देशीय निर्देशक खामुद्खानोभले मुग्लिङ–पोखरा सडकको स्तरोन्नति गर्न १९ करोड ५० लाख अमेरिकी डलर, बागमती नदिमा बाढी व्यवस्थापन तथा नदीको सुधारका लागि ६ करोड ३० लाख डलर, साना किसानको आम्दानी बढाउन र कृषि तथा खाद्य सुरक्षाका लागि ५÷५ करोड अमेरिकी डलर बराबरको ऋण सहयोग गरिएको बताए।
कार्यक्रममा अर्थसचिव खनालले पोखरा–मुग्लिङ सडकको स्तारोन्नतिका लागि २५ करोड ४० लाख अमेरिकी डलर अर्थात झण्डै २९ अर्ब रूपैयाँ बराबरको लागत लाग्ने बताए।
त्यसमध्ये एडीबीको १९ करोड ५० लाख अमेरिकी डलर ऋण सहयोग र सरकारको ५ करोड ९० लाख अमेरिकी डलर बराबरको लगानी रहने जानकारी दिए।
उनले उक्त सडकखण्डको आँबुखैरेनीदेखि पोखरासम्मको ८१ किलोमिटर सडक चार लेनको बनाइने समेत बताए। अर्थसचिव खनालले सडकको स्तरोन्नति गरिएपछि पूवार्धारको विकास मात्र नभएर सुरक्षित यात्रा र पर्यटन विकासमा सहयोग पुग्ने प्रष्ट पारे।
एडीबीले नेपालमा पूर्वाधार विकास, कृषि तथा ग्रामिण विकासका लागि सहयोग गर्दै आएको छ।
" /> काठमाडौं। नेपाल सरकार र एशियाली विकास बैंक (एडीबी)बीच विभिन्न चार नयाँ परियोजना निर्माणका लागि ४० अर्ब ५८ करोड रूपैयाँको ऋण सम्झौता भएको छ।पोखरा–मुग्लिङ सडकको स्तरोन्नति, बागमती नदीको सुधार, साना किसानको आम्दानी बढाउन र कृषि तथा खाद्य सुरक्षाका लागि एडीबीसँग सरकारले सम्झौता गरेको हो।

">