काठमाडौं। संयुक्त राष्ट्रसंघको शान्ति मिसनअन्तर्गत लेबनानको दक्षिण क्षेत्रमा तैनाथ नेपाली सेनाको बर्दबहादुर गण (नेपब्याट-६२) ले त्यहाँ कोभिड-१९ विरुद्धको अभियान सुरू गरेको छ।
नेपाली सेनाले गत साता आफ्नो जिम्मेवारी इलाकाभित्रका सात नगरपालिका र एक गाउँपालिकालाई कोभिड-१९ प्रतिकार्यमा सहयोग पुग्ने विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेको थियो।
करिब चार हजार अमेरिकी डलर बराबरको सर्जिकल मास्क, पीपीई, सेनिटाइजर, ह्याण्ड वास, इन्फ्रारेड थर्मोमिटर, सेनिटाइजर डिस्पेन्सर मेसिन, औषधिहरूसहितको फर्स्ट एड बक्सलगायतका सामग्रीहरू हस्तान्तरण गरिएको लेबनानमा खटिएको नेपाली शान्ति सेनाले जानकारी दिएको छ।
“यस विषम परिस्थितिमा लेबनानको दक्षिणी क्षेत्रमा तैनाथ भई युनिफिल मिसनको शान्ति सैनिकको जिम्मेवारी वहन गरिरहेको नेपाली सेनाको बर्दबहादुर गण (नेपब्याट-६२) ले आफ्नो जिम्मेवारी क्षेत्रमा ‘कोभिड किट सहयोग’ अभियान चलाएर स्थानीय निकायको मन जित्न सफल भएको छ,” नेपब्याटद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
लेबनान राजनीतिक अस्थिरता, आर्थिक मन्दी, सीमा विवादलगायतका मुद्दाहरूसँग जुधिरहेको छ। यही समयमा कोभिड-१९ महामारीको संक्रमण दर उच्च रूपमा वृद्धि भएको छ र निरन्तर लकडाउनका कारण लेबनानी जनता थप चपेटामा परेका छन्।
वर्ल्डोमिटर्सको तथ्यांकअनुसार लेबनानमा हालसम्म तीन लाख १७ हजार आठ सय ३६ जनामा कोरोना संक्रमण भइसकेका छ। संक्रमितमध्ये तीन हजार पाँच सय ६२ जनाको मृत्यु भएको छ।
बर्दबहादुर गणका गणपति प्रमुख सेनानी राजीव थापालगायतको टिमले आवश्यक स्वास्थ्य सामग्री लेबनानका स्थानीय निकायलाई हस्तान्तरण गरेको हो।
हस्तान्तरण कार्यक्रममा स्थानीय नगरप्रमुखहरूले संकटका बेला नेपब्याटले गरेको सहयोगको मुक्तकण्ठले प्रशंसा गरेका थिए।
कार्यक्रममा गणपति थापाले सैनिक-नागरिक सम्बन्धलाई नयाँ आयाम दिन युनिफिल मिसनको शान्ति सैनिकहरूले स्थानीय निकायहरूसँग समन्वय, सहयोग र सहकार्यको अवधारणा अनुरूप हातेमालो गर्दै निरन्तर अगाडि बढ्ने प्रतिबद्धता जनाएका थिए।
लेबनानमा सन् १९५८ देखि नेपाली शान्ति सैनिक रहँदै आएका छन्। लेबनानको मिसनमा हालसम्म करिब ५५ हजार नेपाली शान्ति सैनिकले सहभागिता जनाइसकेका छन्। लेबनानमा खटिने क्रममा हालसम्म ३२ जना नेपाली शान्ति सैनिकको मृत्यु भएको छ।
हाल लेबनानमा नेपाली सेनाको स्थापनाकालमा खडा भएको बर्दबहादुर गण ६२औं डफ्फाको रूपमा तैनाथ रहेको छ।
" /> काठमाडौं। संयुक्त राष्ट्रसंघको शान्ति मिसनअन्तर्गत लेबनानको दक्षिण क्षेत्रमा तैनाथ नेपाली सेनाको बर्दबहादुर गण (नेपब्याट-६२) ले त्यहाँ कोभिड-१९ विरुद्धको अभियान सुरू गरेको छ।“यस विषम परिस्थितिमा लेबनानको दक्षिणी क्षेत्रमा तैनाथ भई युनिफिल मिसनको शान्ति सैनिकको जिम्मेवारी वहन गरिरहेको नेपाली सेनाको बर्दबहादुर गण (नेपब्याट-६२) ले आफ्नो जिम्मेवारी क्षेत्रमा ‘कोभिड किट सहयोग’ अभियान चलाएर स्थानीय निकायको मन जित्न सफल भएको छ,” नेपब्याटद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

">