सागले सार्क सम्मेलन गर्ने वातावरण सिर्जना गरेको छः उपप्रधानमन्त्री पोखरेल

काठमाडौं। उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले १३ औं दक्षिण एशियाली खेलकुद (साग) ले सार्क शिखर सम्मेलनका लागि महत्वपूर्ण वातावरण सिर्जना गरेको बताएका छन्। खेलकुद प्रतियोगिताले सार्क सदस्य राष्ट्रहरुबीच रहेको मित्रतामा थप वृद्धि भएको आफूले महशुस गरेकोसमेत उपप्रधानमन्त्री पोखरेलले बताए।

सागको समापन समारोहमा बोल्दै उनले भने, “यस प्रतियोगिताले हाम्रो क्षेत्रीय एकतामा विशेष योगदान गरेको छ। यस खेलकुदमार्फत् हामी आफ्ना छिमेकीहरुबीच देशको खेलकुदको माहोल, स्तर र संस्कार कति समृद्ध छ भन्ने सन्देश दिन सफल भएका छौं।”

१३ औं साग सफलतापूर्वक सम्पन्न गर्न सहयोग पुर्‍याउने सबैलाई धन्यवाद दिँदै उनले सरकारका तर्फबाट सबैमा बधाई एवं शुभकामना दिए।

उनले तेस्रो पटक नेपालले आयोजना गरेको प्रतियोगिता सफल बनाउने सातवटै देशका खेलाडी प्रशिक्षक लगायत आफ्नो क्षेत्रबाट सहयोग गर्ने सबैलाई सरकारको तर्फबाट धन्यवाद दिदै १३ औं संस्करणले सबैलाई गौरवान्तित बनाएको बताए।

“देशभित्र नयाँ पुस्तालाई खेलमा आबद्ध हुन प्रेरित गर्ने विश्वास लिएका छौं,” उनले भने,“खेलकुद देशको प्रतिष्ठा र मर्यादासँग जोडिएको हुन्छ । जनतामा खेलप्रति देखिएको विश्वास अझै बढाउनुपर्छ।”

उनले १३ औं साग अहिलेसम्मकै ऐतिहासिक भएको भन्दै यो प्रतियोगिताले विश्व सामु नेपालको शिर उँचो बनाएको बताए।

“नियमित प्रशिक्षण र सहयोग पाउँदा नेपाली खेलाडीले केही गर्न सक्छन भन्ने हामीले बुझेका छौं,” उनले भने, “खेलकुद क्षेत्रमा अझ धेरै गर्न बाँकी छ।

खेलकुदको व्यावसायीकरण, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता, खेलाडीको सामाजिक सुरक्षा लगायत खेलमा लागेर पछुताउन नपर्ने वातावरण निर्माण गर्नेतर्फ सरकारको ध्यान जानेछ।”

प्रतिक्रिया दिनुहोस्