काठमाडौं। विवेकशील साझा पार्टीले बैतडी दोगडाकेदार गाउँपालिकाकी १७ वर्षीय किसोरीको हत्यारालाई कारबाही गर्न माग गरेको छ। विवेकशील साझाले आज एक विज्ञप्ती निकाल्दै हत्यामा संलग्नको खोजी गरी दोषीलाई कारबाही गर्न माग गरेको हो।
“१७ वर्षीय किशोरी भागरथी भट्टको बिभत्स अवस्थामा शव भेटिँदा विवेकशील साझा पार्टी मर्माहत भएको छ,” विज्ञप्तिमा उल्लेख छ।
हत्या हुनुअघि बलात्कारको आशङ्का गरिएको यो घटनाको यथाशीघ्र निष्पक्ष र वैज्ञानिक अनुसन्धान गरी दोषीलाई कानुनको दायरामा ल्याउन स्थानीय प्रशासन र सरोकारवाला सुरक्षा निकायसँग पार्टीले माग गरेको छ।
यसै क्रममा न्याय प्राप्तिको लागि बैतडी, कञ्चनपुर र देशैभरि भएका शान्तिपूर्ण नागरिक अभियानहरूमा आफ्नो एकेबद्धता रहेको बताइएको छ। यस्ता घटनाहरूमा अवाञ्छित राजनीतिकरण हुने र दोषी पक्ष नै राज्यबाट संरक्षित हुने निकट विगत नदोहोरियोस् भन्नेमा विवेकशील साझा पार्टीले सम्बन्धित अधिकारीहरूलाई सचेत गराएको छ।
शहरदेखि गाउँसम्म शान्ति सुरक्षा कायम गर्न र नागरिकको जीउधनको रक्षा गर्न वर्तमान सरकार पूर्णतः असफल भएको छ। विवेकशील साझा पार्टी सम्पूर्ण नागरिक वर्ग र पार्टीका स्थानीय समितिहरूलाई भागरथी हत्याबारे बैतडीमा स्थानीय प्रशासन तथा प्रहरीको काम कारबाहीलाई मिहिन ढङ्गबाट नियाल्न विज्ञप्तीमार्फत आग्रह गरेको छ।
" /> काठमाडौं। विवेकशील साझा पार्टीले बैतडी दोगडाकेदार गाउँपालिकाकी १७ वर्षीय किसोरीको हत्यारालाई कारबाही गर्न माग गरेको छ। विवेकशील साझाले आज एक विज्ञप्ती निकाल्दै हत्यामा संलग्नको खोजी गरी दोषीलाई कारबाही गर्न माग गरेको हो।“१७ वर्षीय किशोरी भागरथी भट्टको बिभत्स अवस्थामा शव भेटिँदा विवेकशील साझा पार्टी मर्माहत भएको छ,” विज्ञप्तिमा उल्लेख छ।

">