ग्रान्डी अस्पतालमा प्रधानमन्त्री ओलीको डायलासिस गरिँदै

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली मिर्गाैलाको नियमित डायलासिसका लागि ग्रान्डी इन्टरनेशनल अस्पताल पुगेका छन्।

उनका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री ओली नियमित डायलासिसका लागि ग्रान्डी इन्टरनेशनल अस्पताल पुगेका देखापढीलाई बताए।

प्रधानमन्त्री ओलीलाई एपेन्डिसाइटिस भएपछि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा १० मंसीरमा शल्यक्रिया गरिएको थियो।

प्रधानमन्त्री ओली १९ मंसीरमा अस्पतालबाट डिस्चार्ज भएका थिए।

यसअघि पनि प्रधानमन्त्री ओलीले ग्रान्डी अस्पतालमा डायलासिस गराएका थिए।

प्रतिक्रिया दिनुहोस्