काठमाडौं। बैतडीको दोगडाकेदार- ७ की १७ वर्षिया किशोरी भागरथी भट्टको गत बिहीबार बलात्कारपछि हत्या गरेको अवस्थामा शव फेला परेको घटनामा सलग्न ब्यक्तिलाई यथाशिघ्र कानुनी कारबाही गर्न अखिल नेपाल महिला संघ(अनेमसंघ)ले माग गरेको छ।
अनेमसंघकी संयोजक सिता पौडेलद्वारा हस्ताक्षर गरी जारी विज्ञप्तिमा ‘यस्तो गम्भीर तथा जघन्य अपराधको घटनाको निष्पक्ष छानविन गरेर दोषी पत्ता लगाई कानुन अनुसार कारबाही गर्न माग गरिएको छ।
"अविभावकहरू सधै त्रसित रहनुपर्ने बाध्यात्मक परिस्थिति र समस्याको दीगो समाधान खोज्न आवश्यक छ। शान्ति सूरक्षाको अभावमा हुने यस्ता गम्भीर अपराधको घटनाले सबैको बाँच्न पाउने, सूरक्षित हुन पाउने अधिकार र विद्यार्थी बालवालिका र किशोरकिशोरीको अधिकार कुण्ठित बन्न पुगेको छ। त्यसैले अपराधीलाई पक्राउ गरी कारबाही गर्न माग गर्छौं," विज्ञप्तिमा भनिएको छ।
बैतडीलगायत धेरै पहाडी र हिमाली जिल्लामा विद्यार्थीहरूले विद्यालय जान जंगलको बाटो हिड्नु पर्ने बाध्यता रहेको छ। यहीकारण वालिका र किशोरीहरू जोखिममा पर्ने र दुखद घटनाको शिकार बन्नु परेको विज्ञप्तिमा उल्लेख छ।
सनातन धर्म मावि खोचलेकमा कक्षा १२ मा अध्ययनरत भागरथी विद्यालयबाट घर फर्किँदा बिच बाटोमै हराएकी थिइन्। विद्यालयबाट घर नफर्किएपछि खोजी गर्दै जाँदा लवलेक सामुदायिक वनको वनमाराको झाँडीमा उनको शव फेला परेको थियो।
" /> काठमाडौं। बैतडीको दोगडाकेदार- ७ की १७ वर्षिया किशोरी भागरथी भट्टको गत बिहीबार बलात्कारपछि हत्या गरेको अवस्थामा शव फेला परेको घटनामा सलग्न ब्यक्तिलाई यथाशिघ्र कानुनी कारबाही गर्न अखिल नेपाल महिला संघ(अनेमसंघ)ले माग गरेको छ।अनेमसंघकी संयोजक सिता पौडेलद्वारा हस्ताक्षर गरी जारी विज्ञप्तिमा ‘यस्तो गम्भीर तथा जघन्य अपराधको घटनाको निष्पक्ष छानविन गरेर दोषी पत्ता लगाई कानुन अनुसार कारबाही गर्न माग गरिएको छ।

">