काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीको उद्घोषसँगै शुरू भएको दक्षिण एशियाली खेलकुदको कुम्भमेला १३औं साग पुरुष फुटबलमा नेपालले स्वर्ण पदक रक्षा गर्दै समापन भएको छ।
१५ मंसीरमा प्रतियोगिताको उद्घाटन हुनुभन्दा एक साता अघिसम्म पनि नेपालले १३औं साग आयोजना गर्न सक्ने वा नसक्ने भन्ने बहस जारी थियो। कारण थियो, प्रतियोगिताका लागि निर्माणाधिन भौतिक पूर्वाधार। प्रतियोगिताको मुख्य खेलस्थल दशरथ रंगशालाको भीआईपीतर्फको प्यारापेटको छानो तथा सिट राख्ने काम सिंगै बाँकी थियो।
त्यतिमात्र होइन सातादोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा रहेको पौडी पोखरी, पोखरा रंगलशाला, स्क्वासको हललगायतका खेलको काम पूर्ण रूपमा सकिएको थिएन। जसका कारण अन्तिम समयसम्म पनि सबैको मनमा सन्देह बाँकी नै थियो। तर, नेपालले समय पावन्दीका बाबजुद पनि समयमै निर्माण सम्पन्न गरी प्रतियोगितालाई विट मार्न सफल भयो। समापन समारोहमा युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा र नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले पाकिस्तानका प्रतिनिधिलाई झण्डा हस्तारण गर्दै आगामी साग आयोजनाको जिम्मेवारी सुम्पिएका थिए।
जसोतसो प्रतियोगिता समापन गर्न सफल भएपनि व्यवस्थापनमा गम्भीर त्रुटी देखिए। सुटिङमा नेपाली खेलाडीले खेल्न लागि गोली विदेशी खेलाडीसँग माग्नु परेको तथा बन्दुक नपड्किएको घटनाले सबैलाई लज्जित बनायो। ट्रायथलनमा खेलाडीले आफ्नै साइकल प्रयोग गर्नु परेको तथा भारतोत्तलनमा जुत्ताका कारण हार्नु परेको भन्दै खेलाडीबाट आएका प्रतिक्रियाले सागको भव्यतालाई गिज्याइरहेको थियो।
सुरक्षाको नाममा प्रतियोगिता स्थलभर प्रहरीमात्र देखिन्थे भने उनीहरूको व्यवहारले जो केहीलाई चिढ्याउने गथ्र्यो। स्वयंमसेवकहरू नाम मात्रका थिए। ठाँउ ओगटेर खेल हेर्नुबाहेक स्वयंमसेवकले आफ्नो जिम्मेवारी पुरा गर्न सकेनन्। फुटबलका खेलहरूमा र उद्घाटन तथा समापन समारोहमा टिकट तथा पास वितरणमा भएको लापरवाहीले साग व्यवस्थापनको कमजोरी उदांगो बनाइदिएको थियो।
भिड नियन्त्रण गर्न नसक्दा समापनका दिन बास्केटबलको खेल शुरू हुने बेलासम्म पनि खेलाडीहरू भिडमै गेटबाहिर अल्झिएका थिए। समाचार संकलनका लागि रंगशाला पुगेका पत्रकारमाथि भएको ज्यादतीले सुरक्षा निकाय तथा आयोजकको नियत सतहमा पोखिएको थियो।
तथापी, सदस्यसचिव रमेशकुमार सिलवालले व्यवस्थापनमा कुनै कमजोरी नभएको दाबी गर्दै आएका छन्। सबै देशको सेफ दी मिसनका प्रतिनिधिसँग भएको छलफलमा उनले “यो सबभन्दा सफल भएको निष्कर्ष छ। म पनि सन्तुष्ट छु। बाँकी मूल्याङ्कन तपाईहरूले गर्नु होला” भनेका थिए।
तेस्रो पटक जन्मभूमी नेपाल फर्किएको सागको १३औं संस्करणमा २ हजार ७ सय १५ खेलाडीले समान ३ सय १६ स्वर्ण र रजत तथा ४३१ कांस्य पदकका लागि प्रतिस्पर्धा गरे। विगतमा जस्तै यो संस्करणमा पनि भारतको वर्चश्व कायमै रह्यो। १७४ स्वर्ण, ९३ रजत र ४५ कांस्य गरी कूल ३१२ पदकका साथ भारत शीर्ष स्थानमा कायमै रह्यो।
दोस्रो स्थानमा रहेको नेपालका लागि भने यो संस्करण विशेष रह्यो। नेपालले अहिलेसम्मकै सबभन्दा धेरै ५१ स्वर्ण पदक जित्यो। त्यस्तै ६० रजत र ९५ कांस्य गरी कूल २०६ पदकका साथ नेपाल दोस्रो स्थानमा रह्यो।
श्रीलंका ४० स्वर्ण, ८३ रजत र १२८ कांस्य गरी कूल २५१ पदकका साथ तेस्रो स्थानमा रहँदा पाकिस्तान चौथो स्थानमा रह्यो। पाकिस्तानले ३१ स्वर्ण, ४१ रजत र ५९ कांस्य गरी कूल १३१ पदक जित्यो। पाँचौं स्थानमा रहेको बंगलादेशले १९ स्वर्ण, ३२ रजत र ८७ कांस्य गरी कूल १३८ पदक जित्यो। पाँचौं स्थानमा रहेको माल्दिभ्सले १ स्वर्ण र ४ कांस्य गरी कूल ५ स्वर्ण पदक जित्यो। पदक तालिकाको पुछारमा रहेको भुटानले ७ रजत र १३ कांस्य गरी कूल २० पदक जित्यो।
फर्केर हेर्दा १३औं साग
गौरिकाको कीर्तिमान
ब्राजिलको रियो दी जेनेरियोमा सम्पन्न २०१६को ओलम्पिकमा कान्छी खेलाडी बन्दै विश्वभर चर्चा कमाउन सफल गौरिका सिंहले १३औं सागमा पुनः सनसनी मच्चाउन सफल भइन्। पौडीकी गौरिका एउटै सागमा ४ स्वर्ण पदक जित्ने पहिलो नेपाली खेलाडी बनिन्। उनले सागमा सबभन्दा धेरै ४ स्वर्ण पदक जित्ने दीपक विष्टको कीर्तिमानसँग पनि बराबरी गरिन्।
त्यतिमात्र होइन उनले जारी संस्करण दुई रजत र दुई कांस्य पदक पनि जितिन्। उनले भारतमा सम्पन्न १२औं सागमा पनि १ रजत र ३ कांस्य पदक जितेकी थिइन्। यससँगै सागमा गौरिकाको पदक संख्या १२ पुगेको छ। सागमा सबभन्दा धेरै पदक जित्ने भारोत्तोलनका सुनिलराज जोशी हुन्। जोशीले १४ पदक जितेका छन्। यद्यपी जोशीको स्वर्ण पदक भने छैन।
सन्तोषीको शान
सन्तोषी श्रेष्ठले १३औं सागमा महिला १० हजार मिटरको दौडमा स्वर्ण पदक जितिन्। जुन नेपाली एथलेटिक्स इतिहासमै महिलाले सागमा स्वर्ण पदक जितेको त्यो पहिलो हो। उनले १० हजार मिटरको दूरी ३५ मिनेट ७.०९४ सेकेण्डमा पुरा गर्दै स्वर्ण जितेकी थिइन्। जुन १३औं सागमा नेपालले एथलेटिक्समा जितेको पहिलो स्वर्ण पदक थियो।
गोपिचन्द्रले फर्काएको स्वर्ण
धावक गोपिचन्द्र पार्कीले ५ हजार मिटर दौडमा स्वर्ण पदक जिते। उनले निर्धारित दूरी १४ मिनेट ५४.२० सेकेण्डमा पुरा गर्दै स्वर्ण पदक जितेका हुन्। पुरुषतर्फ मध्यम दूरीको दौडमा नेपालले स्वर्ण पदक जितेको त्यो पहिलो पदक थियो।
उनले भने, “२००६ मा भण्डारी सरको मेडल खोसिएको मैले स्कुल पढ्दा सुनेको थिएँ। त्यतिबेलै मैले दौडेर नेपाललाई स्वर्ण दिलाउँछु भन्ने संकल्प गरें। खोसिएको मेडल फर्काउनु छ भन्ने थियो। १४ वर्षदेखि त्यसका लागि गरेको तयारी आज सफल भयो। खोसिएको मेडल फिर्ता ल्याउन सफल भएँ।”
बक्सर मिनुको सफलता
सागमा बक्सिङको महिलातर्फ नेपाललाई पदक जिताउने पहिलो खेलाडी हुन्, मिनु गुरुङ। मिनुले भारतीय खेलाडी शिक्षालाई हराउँदै पदक जितेकी हुन्। बक्सिङमा नेपालले १९९९ पछि स्वर्ण पदक जित्न सकेको थिएन। नेपालमै भएको आठौं सागमा प्रकाश थापामगर र रामचन्द्र थापामगरले स्वर्ण पदक जितेका थिए। महिलातर्फ भने सागमा स्वर्ण पदक जित्ने मिनु पहिलो नेपाली बनिन्।
सञ्जुले रचेको इतिहास
भारोत्तोलनको इतिहासमा स्वर्ण पदक जित्ने सञ्जु चौधरी पहिलो नेपाली महिला खेलाडी बनिन्। सञ्जुले ५९ किलो तौल समूहमा श्रीलंकालाई पछि पार्दै स्वर्ण पदक जितेकी थिइन्। पोखरामा सम्पन्न खेलमा सञ्जुले स्न्याचतर्फ ७४ र क्लिन एण्ड जर्कतर्फ ९७ गरी १ सय ७१ किलो भार बहन गरेकी थिइन्। जुन राष्ट्रिय कीर्तिमान पनि थियो।
त्यसअघि भारोत्तोलनमा कमलबहादुर अधिकारीले श्रीलंकाको कोलम्बोमा सम्पन्न दशौं सागमा स्वर्ण पदक जितेका थिए।
२४ वर्षपछि म्याराथनमा स्वर्ण
नेपालले २४ वर्षपछि म्याराथनमा स्वर्ण पदक जित्न सफल भयो। किरणसिंह बोगटीले पुरुषतर्फ ४२.१९५ किलोमिटरको म्याराथन दौड २ घण्टा २२ मिनेट १७ सेकेण्ड पुरा गर्दै नेपाललाई स्वर्ण पदक दिलाएका थिए।
१९९५ मद्रासमा सम्पन्न सागमा टीका बोगटीले जितेयता नेपालले म्याराथनमा स्वर्ण पदक जित्न सकेको थिएन। सागमा म्याराथनको कीर्तिमान भने नेपालका भेट्रान धावक बैकुण्ठ मानन्धरको नाममा छ।
महिला भलिबलले दिलाएको आश
प्रतियोगिताको औपचारिक उद्घाटन हुनु पहिले नै महिला भलिबल टोलीले हासिल गरेको सफलताले सबैलाई प्रेरणा दियो। सागमा महिला भलिबल टोली पहिलो पटक फाइनलमा स्थान बनाउन सफल भयो।समूह चरणको पहिलो खेलमा बंगलादेशमाथि ३–० को सेटमा विजय हासिल गरेको नेपाल भारतसँग ३–० को सेटमा पाजित भएपछि उपविजेताको हैसियतमा अन्तिम चारमा स्थान बनाउन सफल भयो।
सेमिफाइनलमा श्रीलंकालाई ३–० को सेटमा हराउँदै पहिलो पटक फाइनलम स्थान बनाउन सफल भयो। फाइनलमा पनि नेपालले भारतलाई कडा चुनौती पेश गर्यो। नेपाल फाइनलमा भारतसँग ३–२ को सेटमा पराजित भयो। तथापी, महिला भलिबलमा नेपालको यो सबभन्दा उत्कृष्ट प्रदर्शन थियो। महिला भलिबल पहिलो पटक रजत जित्न सफल भयो।
‘साम्बा’को कीर्तिमान
नेपाली महिला फुटबलका लागि १३औं साग सुखद रहेन। तर, स्टार फरवार्ड साबित्रा भण्डारीका लागि भने यो संस्करण सम्झनलायक रह्यो। उनले पूर्वकप्तान अनु लामाले सबभन्दा धेरै गोल गर्ने खेलाडीको कीर्तिमान भङ्ग गरिन्। सशत्र प्रहरी बल एपीएफकी साबित्राले माल्दिभ्सविरुद्धको खेलमा गोल गर्दै अनुको कीर्तिमान तोडेकी हुन्। उक्त खेलमा ह्याट्रिक गरेकी साबित्राको गोल संख्या ३८ पुगेको छ।