माले। माल्दिभ्सले कोभिड-१९ विरूद्धको खोप सुरू गरेको पहिलो छ दिनमा छ हजार व्यक्तिलाई खोप लगाएको यहाँको स्वास्थ्य सुरक्षा निकाय (एचपीए) लाई उद्धृत गर्दै आइतबार स्थानीय सञ्चारमाध्यमले लेखेका छन्।
तथ्याङ्कअनुसार माल्दिभ्समा शनिबार दुई हजार पाँच सय ७५ व्यक्तिले खोप लगाएसँगै अहिलेसम्म कोभिड-१९ विरूद्धको खोप लिने व्यक्तिको सङ्ख्या छ हजार आठ सय ५४ पुगेको छ। खोप लगाएकाहरूमध्ये पाँच हजार पाँच सय ८८ व्यक्ति राजधानीका रहेका र एक हजार दुई सय ६६ राजधानीबाहिरका क्षेत्रका रहेको एचपीएको तथ्याङ्कमा उल्लेख छ।
माल्दिभ्समा अहिलेसम्म कूल १६ हजार सात सय ८३ व्यक्तिमा काभिड-१९ सङ्क्रमण पुष्टि भएको छ भने यसमध्ये १४ हजार पाँच सय ५६ व्यक्ति उपचारपछि निको भई घर फर्किएका छन् भने ५५ सङ्क्रमितको मृत्यु भएको छ।
माल्दिभ्स सरकारले आफ्ना सबै नागरिकलाई कोभिड-१९ विरूद्धको खोप निःशुल्क उपलब्ध गराउने र आगामी छ महिनामा सबैलाई खोप लगाइसक्ने बताएको छ। रासस/सिन्ह्वा
" /> माले। माल्दिभ्सले कोभिड-१९ विरूद्धको खोप सुरू गरेको पहिलो छ दिनमा छ हजार व्यक्तिलाई खोप लगाएको यहाँको स्वास्थ्य सुरक्षा निकाय (एचपीए) लाई उद्धृत गर्दै आइतबार स्थानीय सञ्चारमाध्यमले लेखेका छन्।तथ्याङ्कअनुसार माल्दिभ्समा शनिबार दुई हजार पाँच सय ७५ व्यक्तिले खोप लगाएसँगै अहिलेसम्म कोभिड-१९ विरूद्धको खोप लिने व्यक्तिको सङ्ख्या छ हजार आठ सय ५४ पुगेको छ। खोप लगाएकाहरूमध्ये पाँच हजार पाँच सय ८८ व्यक्ति राजधानीका रहेका र एक हजार दुई सय ६६ राजधानीबाहिरका क्षेत्रका रहेको एचपीएको तथ्याङ्कमा उल्लेख छ।

">