अख्तियारले २० लाख घुससहित पक्राउ गर्‍यो सडक कार्यालयका इन्जिनियर <p>काठमाडौं।&nbsp; अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सडक डिभिजन कार्यालय प्युठानका सिनियर डिभिजनल इन्जिनियर ध्रुवकुमार श्रेष्ठ र इन्जिनियर निरोज महर्जनलाई घुस लिँदालिँदै रंगेहात पक्राउ गरेको जनाएको छ।&nbsp;</p> <p>आज साँझ काठमाडौंको बानेश्वरस्थित एलिनाज बेकरी क्याफेबाट उनीहरुलाई २० लाख रूपैयाँ घुससहित पक्राउ गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले <em>देखापढी</em>लाई बताए।</p> <p>&ldquo;दुवै जनालाई रंगेहात पक्राउ गरिएको छ, उनीहरूमाथि अब अनुसन्धान शुरू हुन्छ,&rdquo; प्रवक्ता कोइरालाले भने।&nbsp;<br /> &nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्