कैलाली। कैलाली जिल्लामा नक्कली नोट छाप्ने गिरोहका मुख्य नाइके भनिएका तेजबहादुर कार्कीलाई प्रहरीले आज पक्राउ गरेको छ। कञ्चनपुर घर भएका कार्कीलाई महेन्द्रनगरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता, डीएसपी दक्षकुमार बस्नेतले जानकारी दिए।
गिरोहमा संलग्न भनिएका चारजना गएको साउनमा पक्राउ पर्दा कार्की फरार थिए। यसअघि कैलाली चुरे गाउँपालिकाका भोजबहादुर बम र खगेन्द्र रजवार, गधनगढीका पल्लभराज भट्ट र महोत्तरीको बर्दिवासका गोकुल खड्का पक्राउ परेका थिए।
पल्लभराजलाई धरौटीमा रिहा गरिएको थियो भने जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको थियो। उनीहरूविरुद्ध खोटा चलन शीर्षकमा मुद्दा चलाइएको छ। उनीहरूको साथबाट नक्कली नोट छाप्ने उपकरण, नक्कली नोटसहितका सामग्री बरामद गरिएको थियो। रासस
" /> कैलाली। कैलाली जिल्लामा नक्कली नोट छाप्ने गिरोहका मुख्य नाइके भनिएका तेजबहादुर कार्कीलाई प्रहरीले आज पक्राउ गरेको छ। कञ्चनपुर घर भएका कार्कीलाई महेन्द्रनगरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता, डीएसपी दक्षकुमार बस्नेतले जानकारी दिए।गिरोहमा संलग्न भनिएका चारजना गएको साउनमा पक्राउ पर्दा कार्की फरार थिए। यसअघि कैलाली चुरे गाउँपालिकाका भोजबहादुर बम र खगेन्द्र रजवार, गधनगढीका पल्लभराज भट्ट र महोत्तरीको बर्दिवासका गोकुल खड्का पक्राउ परेका थिए।

">