मानव विकास सूचकांकमा नेपालको झिनो सुधार
काठमाडौं। मानव विकास सूचकांकमा नेपालले सुधार गरेको छ।

गत वर्ष १४९ औं स्थापनमा रहेको नेपालले यस वर्ष भने दुई अंक सुधार गर्दै १४७ अंक हासिल गरेको छ।

संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) ले सार्वजनिक गरेको प्रतिवेदनमा यसपटक १८९ मुलुकलाई समावेश गरिएको छ।

जसमध्ये नेपालको स्थान १४७ औं रहेको प्रतिवेदनमा उल्लेख छ।

आजको कारोबार दैनिकमा छापिएको समाचारअनुसार सन् २०१८ का लागि नेपालले शून्य दशमलब ५७९ को रेटिङ पाएको छ।

यसलाई मध्यम मानव विकास सूचकांकका रूपमा लिने गरिन्छ।

न्यून रेटिङ भएका मुलुकहरूभन्दा नेपाल ६ स्थान अगाडि रहेको र नेपालकै स्थानमा केन्या पनि समान रहेको प्रतिवेदनमा उल्लेख छ।

दक्षिण एशियामा श्रीलंका, माल्दिभ्स, भारत, भुटान र बंगलादेशभन्दा पछि नेपाल रहेको छ भने पाकिस्तानभन्दा अघि छ।

प्रतिवेदन सार्वजनिक गर्दै अर्थमन्त्री युवराज खतिवडाले देशभित्रको असमानता कम गर्न सकिने भए पनि देश-देशबीचको असमानता कम गर्न अन्तर्राष्ट्रिय संस्था र ठूला देश लाग्नुपर्ने बताए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्