तेहरान। कोरोनाभाइरसविरुद्धको खोप लगाउने अभियान इरानमा पनि सुरु भएको छ।
महामारीको प्रारम्भिक चरणमा नै बढी प्रभावित भएको इरान मध्यपूर्वका देशहरूमध्ये धेरै मानवीय क्षति व्यहोरेको मुलुकमा पर्दछ। पहिलो चरणमै महामारी भोगेपछि खोप लगाउन भने अरू धेरै देशहरूभन्दा पछाडि परेको हो।
“हामीले पनि कोरोनाविरुद्धको खोप लगाउने अभियान सुरु गर्यौँ, यो देशव्यापी अभियान हो, सुरुमा स्वास्थ्यकर्मीहरूलाई लगाउनेछौँ भने त्यसपछि प्राथमिकता क्रमका आधारमा सबैलाई लगाउनेछौँ,” राष्ट्रपति हसन रौहानीले भने।
कोरोनाभाइरसविरुद्ध रुसमा विकास गरिएको स्पुट्नीक भी नामक खोप इरानमा लगाउन थालिएको हो। खोप गत बिहीबार इरान ल्याइएको थियो।
“रुसबाट २० लाख स्पुट्नीक खोप इरान ल्याइएको छ,” इरानको स्वास्थ्य मन्त्रालयका प्रवक्ता किनौश जहानपौरले भने।
मुस्लिम गणतन्त्रात्मक मुलुक इरानका स्वास्थ्यमन्त्री सइद नमाकीले देशभरी १४ लाखभन्दा बढी मानिस कोरोनाभाइरसबाट सङ्क्रमित भएको जानकारी दिए। उनका अनुसार इरानमा अहिलेसम्म कोरोनाका कारण ५८ हजार पाँच सयभन्दा बढीको मृत्यु भइसकेको छ।
रासस/एएफपी
" /> तेहरान। कोरोनाभाइरसविरुद्धको खोप लगाउने अभियान इरानमा पनि सुरु भएको छ।महामारीको प्रारम्भिक चरणमा नै बढी प्रभावित भएको इरान मध्यपूर्वका देशहरूमध्ये धेरै मानवीय क्षति व्यहोरेको मुलुकमा पर्दछ। पहिलो चरणमै महामारी भोगेपछि खोप लगाउन भने अरू धेरै देशहरूभन्दा पछाडि परेको हो।

">