बैंकिङ प्रणाली ह्याक गरेर चोरी गर्ने समूहका तीनजना पक्राउ
काठमाडौं। बैंकिङ प्रणाली नै ह्याक गरेर ठूलो रकम चोरी गर्ने गिरोहका तीनजना सदस्य पक्राउ परेका छन्।

महानगरी अपराध महाशाखाबाट खटिएको विशेष टोलीले विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो।

उनीहरूको सम्पर्क यसअघि कृषि विकास बैंक प्रकरणमा जोडिएका गिरोहसँग देखिएको छ।

कृषि विकास बैंक लहान शाखाको रकम लुट्ने मुख्य योजनाकार भनिएका ‘काले’ अर्थात् पिटर समूहसँग अहिले पक्राउ परेका व्यक्तिहरुको सम्पर्क देखिएको प्रहरीले जनाएको छ।

पक्राउ परेकाहरूबाट प्रहरीले ठूलो रकम जोगाउन सफल भएको दाबी गरेको छ।

अपराध महाशाखाले आज दिउँसो १ बजे पत्रकार सम्मेलनको आयोजना गरेर यसबारे जानकारी दिने जनाएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्