पीपीएलको तालिका सार्वजनिक, पहिलो खेल घरेलु टोली पोखरा पल्टन र काठमाडौं गोल्डेन्सले खेल्ने

काठमाडौं। २८ मंसीरबाट पोखरामा हुने पोखरा प्रिमियर लिग (पिपिएल) को पहिलो खेलमा घरेलु टोली पोखरा पल्टन र काठमाडौं गोल्डेन्सले प्रतिस्पर्धा गर्ने भएका छन्।

आज सार्वजनिक खेल तालिकाअनुसार पोखरा रंगशालामा हुने प्रतियोगिता पुस १२ गतेसम्म चल्नेछ। प्रतियोगितामा विराटनगर टाइटन्स, बुटवल ब्लास्टर, चितवन राइनोज, काठमाडौं गोल्डेन्स, पोखरा पल्टन र धनगढी ब्लुजले प्रतिस्पर्धा गर्नेछन्।

सहभागी ६ टोलीले राउन्डरोबिन लिग पद्धतीमा प्रतिस्पर्धा गर्नेछन्। लिगको दोस्रो र तेस्रो स्थानको क्लबबीच इलिमिनेटर खेल हुनेछ। इलिमिनेटरको विजेताले लिगको शीर्ष क्लबसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।

प्रतिक्रिया दिनुहोस्