काठमाडौं। चीनको वुहानस्थित एक प्रयोगशालाबाट कोरोना भाइरस नफैलिएको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले बताएको छ।
डब्ल्यूएचओका खाद्य सुरक्षा एवम् पशु रोग विशेषज्ञ पिटर बेन एम्बारेकले भने, ‘‘शायद भाइरस कुनै रोगवाहक प्रजाति (जीव)बाट मानिसमा प्रवेश गरेको हो।’’
डब्ल्यूएचओको टोली कोरोना फैलिएको भन्दै आशंका गरिएको मध्य चीनको वुहान पुगेको थियो। कोरोना विस्तारबारे डब्ल्यूएचओले अध्ययन गरेको र त्यसबाट निस्किएको आकलनका आधारमा एम्बारेकले मंगलबार यस्तो बताएका हुन्।
वुहानमा २०१९ डिसेम्बरको अन्त्यतिर कोरोना संक्रमणको पहिलो घटना देखापरेको थियो। वुहान इन्स्टिच्युट अफ भाइरोलोजीले भाइरसको व्यापक नमूना जम्मा गरेको थियो, सोही कारण त्यहीँबाट संक्रमण फैलिएको आशंका गरिएको थियो। चीनमाथि थुप्रै देशले भाइरस फैलाएको आरोप लगाउँदै आएका थिए, तर चीनले भने उक्त आरोपको खण्डन गर्दै आएको थियो।
डब्ल्यूएचओको टोलीले प्रयोगशालाका साथै अस्पताल, अनुसन्धान संस्थाहरू, महामारी फैलिएको भनिएको बजारलगायतको अनुगमन गरेको थियो। टोलीमा १० देशका विशेषज्ञ सामेल छन्।
भाइरस फैलिएको बारे आशंका बढ्दै गएपछि एउटा स्वतन्त्र विशेषज्ञ टोलीबाट वुहान भ्रमण र वस्तुस्थिति अध्ययन गर्नुपर्ने माग भएको थियो। चीनले डब्ल्यूएचओको टोलीलाई लामो समयसम्म वुहान जाने अनुमति दिएको थिएन।
अन्ततः दबाब बढ्दै गएपछि डब्ल्यूएचओलाई वुहान जाने अनुमति चीनले दिएको थियो।
एजेन्सी
" /> काठमाडौं। चीनको वुहानस्थित एक प्रयोगशालाबाट कोरोना भाइरस नफैलिएको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले बताएको छ।डब्ल्यूएचओका खाद्य सुरक्षा एवम् पशु रोग विशेषज्ञ पिटर बेन एम्बारेकले भने, ‘‘शायद भाइरस कुनै रोगवाहक प्रजाति (जीव)बाट मानिसमा प्रवेश गरेको हो।’’

">