बैंकिङ प्रणाली ह्याकिङ र ठगी गिरोहका ३ जना पक्राउ

काठमाडौं। बैंकिङ प्रणाली नै ह्याक गरेर ठूलो रकम चोरी गर्ने गिरोहका तीनजना पक्राउ परेका छन्।

महानगरी अपराध महाशाखाले पक्राउ परेका दोलखा फुलपाका ५२ वर्षीय रमेश खड्का, नवलपरासी रामग्राम नगरपालिका-१७ का विशेश्वरप्रसाद तिवारी र सोही ठाउँका १९ वर्षीय संदीप कलवारलाई पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ।

पक्राउ परेकाहरुले हालसम्म १४ करोड ६७ लाख ९१ हजार रुपैयाँ शंकास्पद कारोबार गरेको प्रहरीले जनाएको छ।

उनीहरुले कृषि विकास बैंक र पानस रेमिट ह्याक गरेको प्रहरीको भनाइ छ।

उनीहरुलाई बैंक तथा वित्तीय संस्था ह्याक गर्ने तथा सामाजिक सञ्जालको माध्यमबाट चिठ्ठा परेको र पार्सल आएको भनि नाईजेरियन तथा भारतीय नागरीकहरुले ठगी गर्ने काममा एजेण्टको रुपमा प्रयोग गरिएको महाशाखाका एसपी सुशीलसिंह राठौरले बताए।

प्रहरीका अनुसार अहिलेसम्म ३४ जना नेपालीहरु अनलाइन ठगीमा संलग्न भेटिएका छन्।

बैंक ह्याक र ठगी गरेको रकमबाट १५ देखि २० प्रतिशत कमिशन दिएर काम लगाउने गरिएको र बाँकी रकम विभिन्न माध्यमबाट भारत पठाउने गरेको खुलेको राठौरले बताए।

प्रतिक्रिया दिनुहोस्