मनामा। बहराइनमा रुसमा विकास गरिएको कोरोनाभाइरसविरुद्धको खोप प्रयोगका लागि पनि अनुमति दिइएको छ।
बहराइनका स्वास्थ्य अधिकारीहरूले बुधबार स्पुट्नीक भी खोपलाई आपत्कालीन अवस्थामा उपभोगका लागि अनुमति दिइएको हो। राष्ट्रिय स्वास्थ्य नियामक निकाय (एनएचआरए)ले स्पुट्नीक भी पनि कोरोनाभाइरसविरुद्ध प्रभावकारी देखिएकाले अत्यावश्यक अवस्थामा उपभोग गर्ने गरी अनुमति दिइएको जनाएको छ।
“वैज्ञानिक तथा चिकित्सकीय परीक्षण गर्दा यो खोप पनि उपभोगका लागि उपयुक्त देखिएकाले प्रयोग गर्न अनुमति दिइएको हो,” एक अधिकारीले भने।
उनीहरूले खोपको उत्पादन भने अन्तर्राष्ट्रिय मापदण्ड तथा गुणस्तरअनुसार हुनु पर्नेमा पनि जोड दिएका छन्।
बहराइनमा कोरोनाविरुद्धका अन्य खोपहरूको प्रयोग भने यसअघिदेखि नै हुँदै आएको थियो।
रासस/सिन्ह्वा
" /> मनामा। बहराइनमा रुसमा विकास गरिएको कोरोनाभाइरसविरुद्धको खोप प्रयोगका लागि पनि अनुमति दिइएको छ।बहराइनका स्वास्थ्य अधिकारीहरूले बुधबार स्पुट्नीक भी खोपलाई आपत्कालीन अवस्थामा उपभोगका लागि अनुमति दिइएको हो। राष्ट्रिय स्वास्थ्य नियामक निकाय (एनएचआरए)ले स्पुट्नीक भी पनि कोरोनाभाइरसविरुद्ध प्रभावकारी देखिएकाले अत्यावश्यक अवस्थामा उपभोग गर्ने गरी अनुमति दिइएको जनाएको छ।

">