सिरहा। उद्योग व्यवस्थापनले मजदूरलाई आत्महत्या गर्न बाध्य पारेको भन्दै सिरहाको गोलबजार नगरपालिकास्थित मारुती सिमेन्ट उद्योग बन्द गराइएको छ।
उद्योगको लापरवाहीका कारण त्यहाँ कार्यरत एक मजदूरले आत्महत्या गरेको भन्दै आज बिहानैदेखि मारुती सिमेन्ट उद्योग बन्द गराइएको हो। मारुती सिमेन्ट उद्योग व्यवस्थापनले कामबाट हटाएपछि गोलबजार–९ की अनिता पासवानले हिजो आत्महत्या गरेकी थिइन्।
अखिल नेपाल कारखाना मजदूर सङ्घका सदस्यसमेत रहेकी पासवानले उद्योग नजिकै आत्महत्या गरेको थाहा पाएपछि भेला भएका मजदूरले काम बहिष्कार गर्दै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरी प्रदर्शन गरेका थिए।
मजदूरहरूले सिमेन्ट उद्योगमा कार्यरत पासवानलाई कामबाट हटाएकाले आत्महत्या गरेकाले कामबाट निकाल्नेलाई कारवाही र पीडित परिवारलाई राहत दिनुपर्ने माग गरेका छन्। दुवै पक्षको वार्तामार्फत समस्या समाधान गर्न उद्योग व्यवस्थापन पक्ष तयार भएको छ।
" /> सिरहा। उद्योग व्यवस्थापनले मजदूरलाई आत्महत्या गर्न बाध्य पारेको भन्दै सिरहाको गोलबजार नगरपालिकास्थित मारुती सिमेन्ट उद्योग बन्द गराइएको छ।उद्योगको लापरवाहीका कारण त्यहाँ कार्यरत एक मजदूरले आत्महत्या गरेको भन्दै आज बिहानैदेखि मारुती सिमेन्ट उद्योग बन्द गराइएको हो। मारुती सिमेन्ट उद्योग व्यवस्थापनले कामबाट हटाएपछि गोलबजार–९ की अनिता पासवानले हिजो आत्महत्या गरेकी थिइन्।

">