काठमाडौं। भारतीय गृहमन्त्री अमीत शाहले नागरिकता संशोधन विधेयक राज्यसभामा पेश गरेका छन्। गृह मन्त्री शाहले आज छलफलका लागि नागरिकता संशोधन विधेयक सदनमा प्रस्तुत गरेका हुन्।
प्रधानमन्त्री नरेन्द्र मोदीले नागरिकता संशोधन विधेयकले जनतामा खुसीयाली छाएको प्रतिक्रिया दिएका छन्। भारतीय जनता पार्टी संसदीय दलको बैठकपछि प्रधानमन्त्री मोदीले नागरिकता संशोधन विधेयकबाट मानिसले महशुस गरेको खुसीको कुनै सीमा नै नभएको बताए। नागरिकता संशोधन विधेयक लगायत कयौं मुद्दामा विपक्षी दलहरुले पाकिस्तानी भाषा बोलिरहेको आरोप पनि लगाए।
नागरिकता संशोधन विधेयक लोकसभाबाट पारित भइसकेको छ। तर राज्यसभामा विधेयक पास गर्न सरकारलाई त्यति सजिलो भने छैन। किनभने राज्यसभामा विधेयक पास गर्न सरकारको नेतृत्वकर्ता भाजपासँग पर्याप्त संख्या छैन।
प्रस्तावित नागरिकता संशोधन विधेयकमा छिमेकी मुस्लिम राष्ट्र बंगलादेश, पाकिस्तान र अफगानिस्तानमा उत्पीडनमा परेका मुस्लिमबाहेकका धर्मावलम्बीहरुलाई भारतीय नागरिकता दिने प्रावधान समेटिएको छ। जुन भारतीय संविधानको मर्मविपरीत भएको भन्दै विपक्षी दलहरुले विरोध जनाउँदै आएका छन्।
नागरिकता संशोधन विधेयकको भारतको आसाम राज्यका नेपालीभाषीहरूले पनि विरोध गरिरहेका छन्। विधेयकको विरोधमा आसामका आदिवासीहरूले गरिरहेका आन्दोलनमा नेपालीभाषीहरू पनि सहभागी भइरहेका छन्। विधेयकले आफ्नो अधिकारलाई कुण्ठित पार्ने भन्दै आसामका आदिवासीहरूले विरोध गरेका हुन्।