कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकको तयारीका लागि पार्टीको पदाधिकारी बैठक आज बस्दैछ।

कांग्रेस पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो ४ बजे बस्ने बैठकमा भोलिदेखि शुरू हुने केन्द्रीय समिति बैठकका कार्यसूचीबारे छलफल हुने बताइएको छ।

केन्द्रीय समिति बैठकमा १४ मंसीरमा सम्पन्न उपनिर्वाचनको समीक्षा, आगामी ७–१६ पुसमा हुने तेस्रो चरणको राष्ट्रिय जागरण अभियान, केन्द्रीय विभाग गठन, अन्तरिम संरचना गठनका विषयमा छलफल हुनेछ

यसैगरी, केन्द्रीय समितिको समयावधि समाप्त भएका भ्रातृ र शुभेच्छुक संस्थालगायत विषयमा पनि छलफल हुने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। रासस

प्रतिक्रिया दिनुहोस्