चितवन विमानस्थल १० दिनपछि सञ्चालनमा आयो <p>चितवन। भरतपुर विमानस्थल आजदेखि सञ्चालनमा आएको छ।&nbsp;</p> <p>नागरिक उड्डयन प्राधिकरण भरतपुरले धावनमार्ग मर्मतसम्भार गर्नका लागि १५ मंसीरदेखि विमानस्थल बन्द गरेको थियो। &nbsp; &nbsp;&nbsp;</p> <p>धावनमार्ग मर्मत र रङरोगनका काम सम्पन्न भएसँगै विमानस्थल आजदेखि सञ्चालनमा ल्याइएको कार्यालयका प्रमुख पवनकुमार गौतमले जानकारी दिए। विमानस्थलको धावनमार्गमा मर्मतसम्भार र माथि कालोपत्रे थप गरिएको छ। &nbsp; &nbsp;&nbsp;</p> <p>गौतमका अनुसार धावनमार्ग मर्मतसँगै भ्रमण वर्षलाई लक्षित गर्दै विमानस्थललाई आकर्षक बनाइएको छ। भरतपुर विमानस्थलबाट दैनिक बुद्ध र यतिका पाँच&divide;पाँच वटा जहाजले काठमाडौं र एक&divide;एक वटा जहाजले पोखरा उडान भर्दै आएका छन्। <em>रासस</em></p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्