काठमाडौं। हिमालय एयरलाइन्सले मलेसियाको राजधानी क्वालालम्पुरमा पुनः सीधा उडान शुरूआत गरेको छ। नेपालको निजी क्षेत्र र चीनको संयुक्त लगानी रहेको एयरलाइन्सले २३ मंसीरदेखि क्वालालम्पुर सीधा उडान शुरू गरेको आज विज्ञप्तिमार्फत जनाएको छ।
हिमालयले पहिलो उडान १० फेब्रुअरी २०१७ देखि शुरू गरेको थियो। वैदेशिक रोजगारीका लागि मलेसिया जानेहरूको श्रम स्वीकृति रोकिएपछि सन् २०१८ नोभेम्बरदेखि एयरलाइन्सले मलेसिया उडान स्थगन गरेको थियो। भ्रमण वर्ष २०२० को संघारमा मलेसियाबाट पर्यटकलाई नेपालप्रति आकर्षण गर्ने र पर्यटन प्रवर्द्धन गर्ने लक्ष्य राखेको कम्पनीले जनाएको छ।
क्वालालम्पुर गन्तव्यमा कम्पनीले हप्तामा दुई दिन सोमबार र मङ्गलबार उडान भर्ने छ। “हामी क्वालालम्पुर र काठमाडौंबीचको सीधा उडान पुनःसञ्चालन गर्न पाउँदा एकदमै हर्षित भएका छौं। यी दुई स्थानबीचको उडानले दुवै देशका यात्रुलाई महत्वपूर्ण व्यावसायिक अवसर प्रदान गर्नेछ। दुवै देशको व्यापार, जनशक्ति र पर्यटनमा महत्वपूर्ण भूमिका खेल्नेछ”, कम्पनीका उपाध्यक्ष विजय श्रेष्ठले विज्ञप्तिमा जनाएका छन्।
सन् २०१४ अगष्टमा स्थापित कम्पनीले हाल तीनवटा ए ३२० जहाजमार्फत् आठवटा गन्तव्यमा उडान भर्दै आएको छ। एयरलाइन्सले आफ्नो पहिलो उडान ३१ मे २०१६ मा कतारको दोहामा भरेको थियो। हालै युएईको आबुधावी, बङ्गलादेशको ढाका र चीनको बेइजिङलाई आफ्नो सञ्जालमा जोडेको छ। अहिले हिमालयले अबुदाबी, दमाम, दोह, ढाका, क्वालालम्पुर, बेइजिङ, गुइयाडं र चाडंसामा उडान भरिरहेको छ।
निकट भविष्यमा नै ल्हासाजस्ता उच्च स्थानमा उडान भर्न एअरलाइन्सले २०२० सम्म तीन वटा ए ३१९ जहाज खरीद गर्ने योजना पनि बनाएको छ। चीनसँग सञ्जाल विकास गर्ने गरी एयरलाइन्सले क्रमशः चोङकिङ, सेन्जेङ, नाङचाङ, साङ्घाई र त्यसपश्चात् अलि तथा ल्हासामा विस्तार गर्ने जनाएको छ। रासस
" /> काठमाडौं। हिमालय एयरलाइन्सले मलेसियाको राजधानी क्वालालम्पुरमा पुनः सीधा उडान शुरूआत गरेको छ। नेपालको निजी क्षेत्र र चीनको संयुक्त लगानी रहेको एयरलाइन्सले २३ मंसीरदेखि क्वालालम्पुर सीधा उडान शुरू गरेको आज विज्ञप्तिमार्फत जनाएको छ।हिमालयले पहिलो उडान १० फेब्रुअरी २०१७ देखि शुरू गरेको थियो। वैदेशिक रोजगारीका लागि मलेसिया जानेहरूको श्रम स्वीकृति रोकिएपछि सन् २०१८ नोभेम्बरदेखि एयरलाइन्सले मलेसिया उडान स्थगन गरेको थियो। भ्रमण वर्ष २०२० को संघारमा मलेसियाबाट पर्यटकलाई नेपालप्रति आकर्षण गर्ने र पर्यटन प्रवर्द्धन गर्ने लक्ष्य राखेको कम्पनीले जनाएको छ।

">