काठमाडौं। नेपाल भ्रमण वर्ष २०२०को सचिवालय र ट्रेकिङ एजेन्सिज् एशोसिएसन अफ नेपाल (टान)बीच भ्रमण वर्ष सफल बनाउन सहकार्य गर्ने सम्झौता भएको छ।
राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा भ्रमण वर्ष २०२०को प्रवर्द्धन गर्न सचिवालय र टानबीच आज ११ बुँदे समझदारीपत्रमा हस्ताक्षर भएको हो।
सम्झौतामा हस्ताक्षर गर्न आयोजित कार्यक्रममा भ्रमण वर्ष सचिवालयका संयोजक सुरज वैद्यले टानसँगको सम्झौता महत्वपूर्ण हुने विश्वास व्यक्त गरे।
टानका अध्यक्ष खुमबहादुर सुवेदीले सरकारले २० लाख पर्यटक भित्र्याउने घोषणा गर्दा टानको संयन्त्रमार्फत् ८ लाखभन्दा बढी पर्यटक नेपाल ल्याउने योजना सुनाए।
सचिवालय र टानबीच भएको समझदारीमा पदयात्रामा विदेशी पदयात्रीलाई २० प्रतिशत छुट दिने, साहसिक पर्वतीय पर्यटन मार्ट आयोजना गर्ने, नयाँ पदयात्राको गन्तव्य खोजी गर्ने उल्लेख छ।
यसैगरी, विभिन्न देशमा पर्यटन प्रवर्द्धनको काम गर्ने, कम्तीमा ४ हजार व्यक्तिलाई पदयात्राका लागि तालिम प्रदान गर्ने, वातावरण संरक्षण र सम्बर्द्धनको लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्नेलगायत छन्।