अलजजिरा। चीनको उहानमा कोरोनाभाइरसको उत्पत्तिबारे अनुसन्धानपछि विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का प्रमुखले यसबारे सबै सम्भावना खुल्ला रहेको टिप्पणी गरेका छन्।
सन् २०१९ को डिसेम्बरमा पहिलोपटक चीनको उहानमा कोरोनाभाइरस सङ्क्रमण देखिएकाले त्यहाँ अध्ययन गर्न पुगेको डब्लूएचओको टोलीले त्यहाँ भाइरसको उत्पत्तिबारे पत्ता लगाउन सकेन।
जेनेभामा शुक्रबार प्रेस सम्मेलनमा डब्लूएचओका प्रमुख टेड्रोस अधानोम घेब्रेयेससले उक्त अध्ययन समूहले “निकै कठिन परिस्थितिमा एउटा महत्त्वपूर्ण वैज्ञानिक अनुसन्धान गरेको” जनाएका हुन्। उनले यससँगै उक्त भाइरसको उत्पत्तिबारे सबै सम्भावना अद्यापि ज्यूँका त्यूँ रहेको जनाएका हुन्।
आगामी सातामा यसबारे सारांश प्रतिवेदन र पछि विवरणात्मक प्रतिवेदन सार्वजनिक हुने पनि उनले जनाएको छन्। त्यस्तै, यस भाइरसलाई ल्याबमा बनाइएको र त्यहाँबाट फैलाइएको भन्ने अवधारणा गलत भएको पनि डब्लूएचओ प्रमुखले पुष्टि गरेका छन्।
" /> अलजजिरा। चीनको उहानमा कोरोनाभाइरसको उत्पत्तिबारे अनुसन्धानपछि विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का प्रमुखले यसबारे सबै सम्भावना खुल्ला रहेको टिप्पणी गरेका छन्।सन् २०१९ को डिसेम्बरमा पहिलोपटक चीनको उहानमा कोरोनाभाइरस सङ्क्रमण देखिएकाले त्यहाँ अध्ययन गर्न पुगेको डब्लूएचओको टोलीले त्यहाँ भाइरसको उत्पत्तिबारे पत्ता लगाउन सकेन।

">