घरेलु मदिरा बनाउने दश हजार लिटर कच्चा पदार्थ नष्ट <p>काठमाडौं। जिल्ला प्रहरी कार्यालय रौतहटले विभिन्न स्थानमा अवैध मदिरा बनाउन तयार गरेर राखिएको दश हजार लिटर कच्चा पदार्थ नष्ट गरेको छ।&nbsp;</p> <p>कार्यालयबाट खटिएको अपराध अनुसन्धान टीमले राजपुर नगरपालिका&ndash;५ र गौर नगरपालिका&ndash;६ मा अवैध रूपमा सञ्चालन भएका २ वटा भट्टीबाट उक्त परिमाणको कच्चापदार्थ नष्ट गरेको हो।</p> <p>प्रहरीले १०० लिटर तयारी मदिरा पनि नष्ट गरेको छ।</p> <p>मदिरा बनाउने २ थान मेसिन र कच्चा पदार्थ राख्ने खाली ड्रम १२ थान बरामद गरेको रौतहट प्रहरीले जनाएको छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्