काठमाडौं।
आखे !
ओइ आखे,
एलान् काला छानसे भ्रिबा दोङरापरी
तिल्दा आम्राङनी ङाइ एला लि?
तिल्दा आस्याप्नी एसे राप्पा एला स्वाभिमानला ज्योमोगाङ?
आखे !
दारेम...
कवि मुक्तान थेबाको ‘छोर्गे दारेम’ कविताको यो अंश हो। कवितामा प्रतिरोधी चेत छ। पहिचान छल्किएको छ। राज्यसत्ताले विगतमा जबर्जस्त मेटाएको गौरवमय तामाङ पहिचान, इतिहास र स्वाभिमानको सवाल उठान छ। सरल भाषामा लेखिएको कवितामा भाव गाम्भीर्यता उत्तिकै सशक्त छ।
यो कविता शुक्रबार नेपाल तामाङ घेदुङ दक्षिण कोरियाले सोनाम ल्होछारको सन्दर्भ पारेर आयोजना गरेको ‘लेखनमा हाम्रो जीवन’ कार्यक्रममा सुनियो। जहाँ तामाङ साहित्यकारहरूले अन्तरक्रिया र रचना वाचन गरे।
सोही अवसरमा थेबापछि कवि तथा गजलकार सिर्जना गोलेले पनि तामाङ भाषामै रचना सुनाइन्।
ख्राङगा ख्राङगारी ल्होछारला होइसेर फेनालाइ
नाम्सा सहर डिक्सी दाङसी ल्होछार जेनालाइ
विगतमा राज्यसत्ताबाट भएको सांस्कृतिक दमनले तामाङ जातिको महान् सांस्कृतिक पर्व ल्होछार लुप्त अवस्थामा थियो। जसले पुनर्जागृतको मौका प्रजातन्त्रको पुनर्वहालीपछि पायो र प्रत्येक तामाङ घरको आँगनमा ल्होछारको किरण उदाउन गोलेको आह्वान छ।
एउटा तमोर तल तल बगिरहेको छ,
अर्को तमोर मेरो हृदयमा बगिरहेको छ।
भूगोलको पूर्वी फेरो समाएर
भर्खरै आइपुगेको हुँ तिम्रो वस्तीमा
वस्तीमा ओहोर दोहोर गर्नेहरूको अनुहार दुब्लो छ।
मानौं, उहिल्यै लुछेर लगेको छ, मांसपेशी
मानौं, यत्रतत्र छ, हाडहरूको साम्राज्य ...।
यो चाहिँ खस-नेपाली भाषा साहित्यमा स्थापित कवि वीना थिङको कवितांश हो।
राज्यसत्ताबाट बहिष्कृत र उत्पीडित तामाङसहितका तमाम् समुदायको ‘डल्लै’ सचित्र कवितामा छ।
कार्यक्रममा नेपाल तामाङ घेदुङ दक्षिण कोरियाका महासचिव गोकुल थोकर, सजना गोले तामाङ, सन्तलाल तामाङले कविता वाचन गरेका थिए।
दशकको वरिपरीदेखि तामाङ भाषा र खस-नेपाली भाषा साहित्यमा कलम चलाउदै आएका कवि मुक्तान थेबाले तामाङ भाषामै साहित्यको साम्राज्य खडा गर्न सकिने मत राखेका छन्।
उनकाअनुसार तामाङ भाषा साहित्यमा तामाङ सौन्दर्य, मिथलोजी, जीवनपद्धती, सभ्यता, विश्व दृष्टिकोण, सामाजिक मुद्दा, सामाजिक यथार्थ र संस्कार-संस्कृति सशक्त रूपमा लेखिनुपर्छ। यो कार्य स्वपहिचान, समुदाय, ठुङ्सा (उत्पति) र संस्कार-संस्कारप्रति इमान्दार भएकासँगै भोलिको तामाङ पुस्ताप्रति वफादार साहित्यकार, लेखक, समीक्षक, संस्कृतिकर्मी र कलाकर्मीहरूले संगठित रूपमा लिनुपर्ने थेबाले भने।
तामाङ जीवन र सौन्दर्यतालाई सर्लक्कै उतार्न खस-नेपाली भाषामा साहित्य सिर्जना गर्ने तामाङ साहित्यकार, लेखक र संस्कृतिकर्मीहरूलाई थेबाले आग्रह गरे। “नेपाली भाषामा लेखिरहेका तामाङ स्रष्टाहरूले पहिलो दायित्व के ठान्नुपर्छ भने, मैले खस भाषामा आफ्ना मुद्दाहरूलाई जबर्जस्त स्थापित कसरी गर्ने? तामाङ समुदायको मुद्दालाई जीवन्त कसरी ल्याउने? त्यसतर्फ सोच्नु आवश्यक छ,” कवि थेबाको भनाइ छ।
हुनतः विष्णुकुमारी वाइबा ‘पारिजात’, मोक्तान भाइ, तामाङ भाषाविद् अमृत योञ्जन हुँदै हालका शक्तिशाली कवि फूलमान बल, राजु स्याङ्तान, वीना थिङ, रामबहादुर तामाङ ‘रावत’ सम्मले खस-नेपाली भाषामा सिर्जना गरेका साहित्यमा तामाङ समुदायका मुद्दाहरूसँगै मिथलोजीलाई घुसाएका छन्।
(यहाँ उल्लेखित साहित्यकारमध्ये अमृत योञ्जनसहित केही साहित्यकारहरूले तामाङ भाषामा पनि साहित्यका अनेक विद्यामा कमल चलाउने गरेका छन्।)
बुद्ध योञ्जन, हिरामाया घिसिङ, सिर्जना गोले, सजना गोले, सञ्जु ब्लोन, अमिर तामाङलगायत थुप्रैले तामाङ भाषामा साहित्य साधना गरिरहेका छन्।
थेबाले तामाङ साहित्यिक संस्थाहरूले खस-नेपाली भाषामा लेख्दै आएका तामाङ साहित्यकारहरूलाई ‘अघोषित बहिष्कार’ गर्न नहुने पनि बताए। थेबाको यो मतमा कवि तथा आख्यानकारसमेत रहेकी वीना थिङ सहमत छिन्। उनले तामाङ समुदायका मुद्दाहरूलाई खस-नेपाली भाषामा लेखेर अझ प्रसार गर्नुपर्ने धारणा राखिन्। बरू, खस-नेपाली भाषामा लेखिएका साहित्यिक कृतिहरूलाई तामाङ भाषामा अनुवाद गरेर तामाङ साहित्यलाई समृद्ध बनाउनुपर्ने तर्क अघि सारेकी छिन्।
पत्रकार तथा कवि सञ्जु ब्लोनले भने तामाङ भाषामा लेखिएको तामाङ समुदायकै विषयवस्तुहरू अथवा तामाङसँग सरोकार राख्ने विषयहरू समेटिएको साहित्य मात्रै तामाङ साहित्य भएको बताइन्। उनले तामाङ भाषामै साहित्य नलेखिए तामाङ भाषा कसरी बचाउने भन्दै प्रश्न गरिन्।
हालका तामाङ लेखक, साहित्यकार, संस्कृतिकर्मी सबैलाई संगठित रूपमा तामाङ भाषा, संस्कृति बचाउन भाषिक तथा साहित्यिक आन्दोलन गर्नुपर्ने जिम्मेवारी रहेको दर्शाउँदै जिम्मेवारी पूरा नगरिए अर्को पुस्तासम्म तामाङ भाषा नपुग्ने ब्लोनले बताइन्।
कार्यक्रममा नेपाल तामाङ घेदुङ दक्षिण कोरियाका अध्यक्ष मेघप्रसाद वाइबाले भने सरकारका निकायहरूले सरकारी कामकाजी भाषाको रूपमा तामाङसहित आदिवासी जनजाति समुदायका भाषाहरूलाई मान्यता दिनुपर्ने बताए।