ख्रीष्टमसमा सार्वजनिक विदा दिन माग
काठमाडौं। राष्ट्रिय ख्रीष्टियन महासंघले इशाई धर्मावलम्बीहरुको पर्व ख्रीष्टमसमा सार्वजनिक विदा दिन सरकारको ध्यानाकर्षण गराएको छ। महासंघका पदाधिकारीहरुको टोलीले आज गृह मन्त्री रामबहादुर थापालाई ज्ञापनपत्र बुझाउँदै ख्रीष्टमसमा विदा दिन सरकारको ध्यानाकर्षण गराएको हो।

गृह मन्त्रालयमा आज ज्ञापनपत्र बुझ्दै गृह मन्त्री थापाले ख्रीष्टियनहरुको सम्मानमा ख्रीष्टमस पर्वमा सार्वजनिक विदा दिने आश्वासन दिएको राष्ट्रिय ख्रीष्टियन महासंघका अध्यक्ष सि.बि.गहतराजले जानकारी दिए।

ख्रीष्टियन महासंघको प्रतिनिमण्डलसँगको भेटमा गृहमन्त्री थापाले ख्रीष्टियन समुदायको मागबारे आफू जानकार रहेको बताउँदै ख्रीष्टमसमा सार्वजननिक विदा कायम गराउन विशेष पहल गरिरहेको बताएको अध्यक्ष गहतराजको भनाई छ। गृहमन्त्री थापाले ख्रीष्टियन महासंघको माग बमोजिम विदा पुनरावलोकन समितिले पनि ख्रीष्टमसमा विदा दिन सिफारिस गरेको जनाउँदै मन्त्रीपरिषदबाट लागु गर्न पहल गरिरहेको जानकारी दिएको गहतराजले बताए।

गृहमन्त्री थापासँगको भेटमा महासंघका अध्यक्ष गहतराजले ख्रीष्टियनहरुको न्यूनतम हक अधिकारको समेत सुनिश्चितता नभएको र हरेक वर्ष ख्रीष्टमस विदाका लागि सरकारलाई घचघच्याइ राख्नु दुखद भएको गुनासो गरेका थिए। अध्यक्ष गहतराजले ख्रीष्टियन समुदायको जायज माग पुरा गरेर अल्पसंखयक समुदायको सम्मान गर्नसमेत गृहमन्त्री समक्ष आग्रह गरेका थिए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्