काठमाडौं। समाचार शीर्षकको प्रश्न मसँग कोटेश्वर तीनकुनेस्थित एक चिया पसलकी शेर्पिनी दिदीले गरेकी हुन्। प्रश्न गरेकै दिन पत्रकार हुनुको फाइदा मैले खोप लगाउन पाएको थिएँ। सुई घोचेको हात दुःखीरहेको थियो। त्यही दुःखेको हात लिएर म उनको पसलमा चिया पिउन गएको थिएँ।
उनलाई कोरोनासँग निकै डर छ। सानो पसल, तर महँगो भाडा तिरेर उनले गुजारा चलाउँदै आएकी छन्। महामारीका कारण लकडाउन हुँदा उनले पसल खोल्न पाइनन्, तर भाडा तिरिरहिन्। झण्डै चार महिना उनको व्यापार ठप्प हुन पुग्यो।
अहिले विस्तारै पसलले गति लिन थालेको छ। व्यापार बढ्नेमा उनीभित्र आशा पनि जागेको छ। तर, खोप कहिले लगाउन पाउने हो भन्ने चिन्तामा छिन् उनी।
केही साताअघि छिमेकी भारतले १० लाख डोज कोभिशिल्ड नेपाललाई दिएपछि सरकारले प्राथमिकताका आधारमा खोप लगाउन थालेको छ। चीनले दिने भनेको पाँच लाख डोज कहिले नेपाल ओर्लने हो भन्न सकिन्न। उपलब्ध भएको खोप वितरण गर्ने क्रममा स्वास्थ्य तथा सफाइकर्मी र पत्रकारलाई सरकारले प्राथमिकतामा राखेको छ।
तर, सर्वसाधारणको पालो कहिले आउला? शेर्पीनी दिदीजस्तै प्रश्न बोकेर बस्ने थुप्रै मानिस छन् यो जगतमा। यो प्रश्न नेपालमा मात्र होइन, अन्य मुलुकमा पनि उसैगरी उठिरहेको छ। विशेषगरी गरिब देशका नागरिक खोप वितरणलाई लिएर संशय गरिरहेका छन्।
निश्चित के छ भने, संसारभरका मानिसले कोरोनाविरुद्धको खोप नलगाई यो महामारीको अन्त्य हुने छैन। त्यसैले पनि धनी तथा खोप निर्माता देशहरु पहिला आफू सुरक्षित हुने छन् अनि अरुलाई यो उपलब्ध गराउने छन्।
धनीका मुठ्ठीमा खोप
केही धनी देशले अहिले निर्मित खोप आफ्ना नागरिकका लागि किनेका छन्। बाँकी रहेका दुनियाँका मानिसका लागि खोप कहिले उपलब्ध हुनेछ भन्नेबारे कुनै स्पष्ट तस्बिर देखिँदैन।
संसारको स्वास्थ्यबारे चिन्ता गर्न गठित विश्व स्वास्थ्य संगठनले यसको समान र उचित वितरणका सम्बन्धमा बोल्दै आए पनि त्यसको कार्यान्वयन हुन सक्ने देखिँदैन।
कोरोनाविरुद्धको खोप मानिसको जीवन–मरणको सवाल हो। तर, अहिलेको तस्बिरले खोप सहजै संसारभर उपलब्ध हुने कुराको निश्चितता गर्न सकिँदैन।
खोप निर्माण आफैंमा एक जटिल वैज्ञानिक प्रक्रिया हो। संसारभर नयाँ रोग फैलिरहेको छ, त्यसबारे पूरा अध्ययन गरेर औषधि पत्ता लगाउन सहज छैन। विज्ञानले चमत्कारिक विकास गरिरहेको छ, यही कारण कोरोना फैलिएको वर्ष दिन पनि पुग्न नपाउँदै यसविरुद्धको खोप निर्माण हुन सक्यो।
वितरणको सवाल आफ्नो ठाउँमा जटिल त छ नै, तर खोप पत्ता लगाउने वैज्ञानिकको क्षमताको सम्मान गर्नैपर्छ। नेपालको जस्तो कमजोर स्वास्थ्य पूर्वाधार भएका मुलुकमा खोप वितरण चुनौति बन्न पुग्नेछ।
विश्व सञ्चारसंस्था बीबीसीले पनि भ्याक्सिन वितरणबारे पटक–पटक समाचार र फिचर प्रकाशन गर्दै आएको छ। हालै उसले ‘इकोनोमिक इन्टेलिजेन्स युनिट’ का ग्लोबल फोरकास्टिङ डाइरेक्टर अगाथे डेमेरिसको धारणा प्रकाशित गरेको छ।
युनिटले संसारमा भ्याक्सिन उत्पादन क्षमता कति छ भन्ने कुराको खोज गरेको छ। मानिसलाई खोप लगाउनका निम्ति कस्तोखालको स्वास्थ्य पूर्वाधार आवश्यक पर्छ?
विभिन्न मुलुकमा जनसंख्या फरकफरक छ, कतिपय मुलुक त भ्याक्सिन लगाउन हुने खर्च धान्नै नसक्ने अवस्थामा छन्। सरकारले भ्याक्सिन निःशुल्क लगाए पनि त्यो किन्नका लागि खर्च भइहाल्छ। गरिब र धनी देशबीचको अन्तरले पनि खोप वितरणमा ठूलो असर पार्ने निश्चित छ। धनीले आफू र आफ्ना नागरिकको पालो पुगेपछि मात्रै गरिबलाई दिने छन्।
उदाहरणका लागि बेलायतलाई लिन सकिन्छ। त्यस देशमा अहिले कोरोनाको नयाँ रुपले हैरान पारिरहेको छ, त्यहीबाट कोरोनाको नयाँ स्ट्रेन अन्य मुलुकमा फैलिरहेको आशंका छ। तर पनि त्यहाँ खोप वितरण चुस्त छ। त्यो मुलुकसँग खोपमा गर्ने लगानीका लागि पर्याप्त पैसा छ।
कतिपय गरिब देशले अहिलेसम्म पनि भ्याक्सिनको अनुहार देख्न पाएका छैनन्। क्यानडाले त आवश्यकता भन्दा पाँच गुना बढी भ्याक्सिन किनेको छ। धनी भए पनि केही देशले वितरणलाई चुस्त पार्न नसक्नाले आलोचना खेपिरहेका छन्।
अर्कोतिर भ्याक्सिन डिप्लोमेसीले पनि प्रभावकारी काम गरिरहेको देखिन्छ। जस्तोः हाम्रै देशलाई छिमेकी भारतले १० लाख डोज दिइसकेको छ भने अर्को छिमेकी चीनले पनि पाँच लाख डोज दिने प्रतिबद्धता गरेको छ।
चीन र रुस पनि भ्याक्सिन निर्माण गरिरहेका छन्। यी दुवै देश युरोपमा आफ्नो खोप पठाएर प्रभाव फैलाउन चाहिरहेका छन्। खोप डिप्लोमेसीले विश्व शक्ति बन्न महत्वाकांक्षालाई कति सहयोग पुर्याउला, त्यो भने अहिले नै भन्न सकिन्न।
अगाथे डेमेरिसका अनुसार चीनले त यूएईलगायतका केही देशमा आफ्नो उत्पादनका साथै प्रशिक्षित स्वास्थ्यकर्मी समेत पठाएर सहयोग गरिरहेको छ। न त चीनले वा रुसले अनि भारतले नै पनि, आफ्ना नागरिकलाई पूरै खोप लगाइसकेर अन्य देशमा पठाएका होइनन्। तिनले भ्याक्सिन डिप्लोमेसीलाई आधार बनाएर आफ्नो प्रभाव फैलाउन सहयोग गर्दै आएका छन्।
इकोनोमिक इन्टेलिजेन्स युनिटका अनुसार चीन र भारतले सन् २०२२ सम्म पनि आफ्ना पूरै नागरिकलाई खोप लगाउन सक्नै छैनन्। यी दुवै देशमा जनसंख्या अधिक र स्वास्थ्यकर्मी कम रहेका कारण खोप अभियान सम्पन्न गर्न कठिन परेको हो।
संसारमा जति मानिस बस्छन्, त्यसको झण्डै आधा आवादी ती दुई देशमा छ।
खोप निर्माणका लागि भारत एक व्यक्तिमा निर्भर रहेको देखिन्छ। उनी हुन् सिरम इन्स्टिच्युटका प्रमुख अदार पुनावाला। सिरम संसारकै सबैभन्दा ठूलो खोप निर्माता कम्पनी हो।
यसै वर्षको जनवरीमा खोपको पहिलो खेप भारत सरकारले पायो। उक्त खोप अक्सफोर्ड र एस्ट्राजेनेका मिलेर बनाएका हुन्। अहिले सिरमले यो खोप दैनिक २४ लाख डोज बनाइरहेको छ।
डेमेरिस भन्छिन्, ‘‘भ्याक्सिन बनाउने काम जति विज्ञान हो, त्यति नै कला पनि हो।’’ त्यो कला सबै निर्मातामा नहुन सक्छ। त्यसकारण पनि संसारलाई पुग्ने खोप बनाउन लामो समय लाग्न सक्छ।
डेमेरिसलाई संसारका मानिसले छिट्टै खोप पाइहाल्नेमा पटक्कै विश्वास छैन। उनका अनुसार सन् २०२३ सम्म पनि संसारभर खोप पुग्ने छैन। कतिपय देशले त खोपलाई प्राथमिकतामा पनि राखेका छैनन्।
अहिले संसारको जनसंख्या सात अर्ब ७० करोड हाराहारी छ। कोटेश्वर तीनकुनेकी चिया पसले शेर्पिनी दिदी अर्बौंमध्येकै एक हुन्। नेपाल सरकारले शेर्पीनी दिदीलाई कहिले कोरोनाविरुद्धको खोप उपलब्ध गराउला हँ?

महामारीका कारण लकडाउन हुँदा उनले पसल खोल्न पाइनन्, तर भाडा तिरिरहिन्। झण्डै चार महिना उनको व्यापार ठप्प हुन पुग्यो।
केही साताअघि छिमेकी भारतले १० लाख डोज कोभिशिल्ड नेपाललाई दिएपछि सरकारले प्राथमिकताका आधारमा खोप लगाउन थालेको छ।
निश्चित के छ भने संसारभरका मानिसले कोरोनाविरुद्धको खोप नलगाई यो महामारीको अन्त्य हुने छैन।
कतिपय गरिब देशले अहिलेसम्म पनि खोपको अनुहार देख्न पाएका छैनन्। क्यानडाले त आवश्यकता भन्दा पाँच गुणा बढी खोप किनेको छ।
अहिले संसारको जनसंख्या सात अर्ब ७० करोड हाराहारी छ। कोटेश्वर तीनकुनेकी चिया पसले शेर्पिनी दिदी अर्बौं मध्येकै एक हुन्।