काठमाडौं। ग्लोबल आईएमई बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्रीले ग्लोबल आईएमई र जनता बैंक मर्ज भएर एकीकृत कारोबार शुरू भएसँगै गाउँ-गाउँमा बैंकिङ सेवा विस्तार गर्ने बताएका छन्।
नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूलाई बिग मर्जरका लागि निर्देशन दिएसँगै दुईवटा ठूला बैंक ग्लोबल आईएमई र जनता बैंकको मर्जर भएको हो। मर्जरपछि बनेको ग्लोबल आइएमई बैंक देशकै ठूलो वाणिज्य बैंक भएको छ। मर्जरपछि बैंकमा १ खर्ब २५ अर्ब रूपैयाँ निक्षेप पुगेको छ भने करीब १ खर्ब रूपैयाँ कर्जा प्रवाह भएको छ।
तीन सय शाखा र २५६ एटीएम रहेको बैंकले आम जनतालाई मोवाइल बैंकिङ्को पँहुचमा पुर्याउने लक्ष्य राखेको क्षेत्रीले बताए। देखापढीसँग कुराकानी गर्दै प्रमुख कार्यकारी अधिकृत क्षेत्रीले भने, “सरकारी नीतिअनुसार औद्योगिक क्षेत्रमा लगानी बढाउनु पर्ने छ, जनताको विश्वासिलो बैंकको छवि कायम राख्नुपर्ने थुप्रै चुनौती छन्। तर, हामीले यसलाई मिसनका रूपमा अगाडि बढाएका छौं।”
पाँच–छ अर्ब रूपैयाँ लगानी गर्न अहिले बैंकहरूलाई समस्या नभएकाले वाणिज्य बैंकहरू देशको विकासका लागि सहयोगी बन्न सक्ने हैसियतमा पुगेको उनले बताए। हाल ग्लोबल आईएमई बैंक लिमिटेडका २० लाख ग्राहक छन्। जनता बैंकसँग मर्ज हुनुअघि ग्लोबलमा कमर्ज एन्ड ट्रष्ट बैंकसहित ११ वटा फाइनान्सियल संस्था मिसाइएको थियो। जनता बैंकमा पनि सात वटा विकास बैंक तथा फाइनान्स कम्पनी मिसिएका थिए।
परशुराम कुँवरले २० मंसीरबाट नेतृत्व लिएको ग्लोबल आईएमई बैंक नेपालको सबभन्दा धेरै पुँजी, निक्षेप र कर्जा भएको वाणिज्य बैंक हो।
" /> काठमाडौं। ग्लोबल आईएमई बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्रीले ग्लोबल आईएमई र जनता बैंक मर्ज भएर एकीकृत कारोबार शुरू भएसँगै गाउँ-गाउँमा बैंकिङ सेवा विस्तार गर्ने बताएका छन्।नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूलाई बिग मर्जरका लागि निर्देशन दिएसँगै दुईवटा ठूला बैंक ग्लोबल आईएमई र जनता बैंकको मर्जर भएको हो। मर्जरपछि बनेको ग्लोबल आइएमई बैंक देशकै ठूलो वाणिज्य बैंक भएको छ। मर्जरपछि बैंकमा १ खर्ब २५ अर्ब रूपैयाँ निक्षेप पुगेको छ भने करीब १ खर्ब रूपैयाँ कर्जा प्रवाह भएको छ।

">