प्रदेशको अधिकार हस्तक्षेप नगर्न सर्वोच्चको अन्तरीम आदेश
काठमाडौं। सर्वोच्च अदालतले केन्द्र सरकारलाई प्रदेश सरकारको अधिकार क्षेत्रमा हस्तक्षेप नगर्न अन्तरीम आदेश जारी गरेको छ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भर श्रेष्ठको संवैधानिक इजलासले संघीय मन्त्रिपरिषद्को वनसम्बन्धी निर्णय कार्यान्वयन नगर्न/नगराउन अन्तरीम आदेश जारी गरेको हो।

मन्त्रिपरिषद् बैठकले २३ जेठ २०७६ मा प्रदेश २ मा पर्ने सागरनाथ वन विकास परियोजलाई द टिम्बर कर्पोरेरन अफ नेपालमा मर्ज गरी छुट्टै वन निगम भनी कम्पनी दर्ता गर्ने निर्णय लिएको थियो।

वन निगमलाई कम्पनी दर्ता गर्दा प्रदेश सरकारले अधिकार क्षेत्रमा ठाडो हस्तक्षेप भएको भन्दै प्रदेश २ सरकारतर्फबाट बेचनकुमार महतोले २३ साउनमा सर्वोच्चमा रिट निवेदन दर्ता गरेको आजको नागरिक दैनिकमा समाचार छ।

प्रदेश २ सरकारको उद्योग, पर्यटन तथा वातावरण मन्त्रालयको तर्फबाट दर्ता गरिएको रिटमा कानूनमा व्यवस्था नै नभएको राष्ट्रिय वनलाई कम्पनीमा स्थानान्तरण गर्ने संघीय मन्त्रिपरिषद्को निर्णय संविधानविपरीत भएको दाबी गरिएको छ।

सर्वोच्चले रिट निवेदनमाथि पहिलो सुनुवाइ गर्दै १३ भदौमा सरकारसँग निर्णय गर्नुको कारण मागेको थियो।

त्यतिबेला सर्वोच्चले निर्णयलाई यथास्थितिमा राख्न आदेश गर्दे दुवै पक्षलाई अन्तरीम आदेश जारी गर्ने/नगर्ने भन्ने विषयमा छलफलका लागि बोलाएको थियो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्