काठमाडौं। डा.गोविन्द केसीले चिकित्सा शिक्षा आयोग र यसका पदाधिकारीमाथि हालै भएको गुण्डागर्दीप्रति चिन्ता व्यक्त गरेका छन्।
आयोगलाई असफल बनाउन चलाइएको कुटिल षड्यन्त्रप्रति उनले गम्भीर ध्यानाकर्षण समेत जनाएका छन्।
“पछिल्लो समय सत्ता नजिककमा मेडिकल माफियाहरुले आपराधिक व्यक्तिहरुलाई प्रयोग गरेर आयोगका पदाधिकारीहरुलाई धम्क्याउने तथा घरअगाडि बम राख्नेसम्मका कुकर्म गरेका छन्”, डा.केसीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “स्वास्थ्य मन्त्रालयले चिकित्सा शिक्षा आयोगको स्थापनाकालदेखि नै आयोगको काममा अनावश्यक भाँजो हाल्ने र हस्तक्षेप गर्ने काम गरिआएको छ।”
पछिल्लो समय नाजायज दबाब बढाएर आयोगका पदाधिकारीलाई कामै गर्न कठिन हुने अवस्था सिर्जना गरिएको आरोप उनले लगाएका छन्।
मेडिकल माफियाका आपराधिक स्वार्थ र र स्वास्थ्य मन्त्रालयको अवरोधका कारण आयोगको कार्य सम्पादन प्रभावित भएको ठहर डा.केसीको छ।
“आयोग निर्माण भएको धेरै समय नभएका कारण आयोगको कार्य सम्पादन चुनौतीपूर्ण छ र पदाधिकारीहरुबाट कमी कमजोरीहरु भएका हुन सक्छन् । खासगरी सबै विद्यार्थीहरुलाई न्याय हुने गरी निर्णयहरु गर्ने र तिनलाई कार्यान्वयन गर्ने चुनौती आयोगसामू छ”, विज्ञप्तिमा उल्लेख छ।
दशकौंको बेथितिका कारण भद्रगोल भएको मेडिकल शिक्षामा थिति स्थापित गर्नु अहिले आयोगको पहिलो कर्तव्य भएको डा.केसीले बताएका छन्। मेडिकल शिक्षाको गुणस्तर उकास्न रचनात्मक कदमहरु चाल्नु पर्ने काम बाँकी नै रहेको उनले जनाएका छन्।
“काम गर्दा भएका कमजोरीहरुबाट सिक्दै र सुधार गर्दै जानुपर्नेमा आयोगको मर्ममै प्रहार गर्नु भनेको हामीले दशक लामो संघर्षबाट हासिल गरेका उपलब्धिहरु उल्ट्याउने प्रपञ्चबाहेक अरु हुन सक्दैन”, डा.केसीले भनेका छन्।
आयोगका पदाधिकारीलाई धम्क्याउने तथा हिंसामा उत्रने अपराधीहरुलाई तत्काल कारबाही गरेर स्वास्थ्य मन्त्रालयले गर्दै आएको आयोगको कार्य सम्पादनमाथिको नाजायज हस्तक्षेप तत्काल बन्द गर्न उनले सरकारको ध्यानाकर्षण गराएका छन्।