काठमाडौं। राष्ट्रपतिबाट पुस ४ गतेका लागि हिउँदे अधिवेशन आह्वान भएपछि प्रतिनिधिसभाको रिक्त सभामुख पदमा कसलाई चुन्ने भन्ने विषय सघन हुँदै गएको छ। उपसभामुख शिवमाया तुम्वाहाङफे पनि सभामुखको दौडमा डटिरहँदा अन्य आकांक्षीहरुको नाम पनि चर्चामा आइरहेको छ।
सभामुख चयनको मिति नजिकिँदै जाँदा उपसभामुख तुम्बाहाङफेको पक्षमा नेकपाको महिला संगठन नै लागिपरेको छ। नेकपाको अखिल नेपाल महिला संघ (अनेमसंघ) ले उपसभामुख तुम्बाहाङफेलाई नै सभामुख बनाउनुपर्ने लबिङ थालेको छ। अनेमसंघले तुम्बाहाङफेलाई सभामुख बनाउने विषयमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल र संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङसँग छलफल गरेको थियो । तर, दाहाल र नेम्वाङले भावी सभामुखबारे प्रष्ट जवाफ दिएनन् ।
अनेमसंघ ईञ्चार्ज गोमा देवकोटाले भावी सभामुखबारे पार्टीभित्र बहस चल्दैगर्दा आफू र आफू नेतृत्वको संगठन नै तुम्बाहाङ्फेको पक्षमा रहेको बताइन् । ‘उहाँ महिलामात्रै भनेर मैले भनेको होइन,’ देवकोटाले भनिन्, ‘उहाँ सक्षम महिला हो ।’
अनेरास्ववियुको निर्वाचित केन्द्रीय उपाध्यक्ष, तत्कालिन एमालेको केन्द्रीय सदस्य, मोरङ ईञ्चार्जसमेत भएर काम गरिसकेकाले तुम्बाहाङफेलाई राजनीतिक इतिहासका हिसाबले पनि कम आँक्न नमिल्ने उनको भनाइ छ । उपसभामुख रहेर करीब दुई वर्ष काम गर्दा तुम्बाहाङफेले सक्रिय छवि बनाएको देवकोटाले स्मरण गरिन् ।