१६ दिने अभियानका बेला २७ जना बलात्कृत

काठमाडौं। हरेक वर्ष २५ नोभेम्बरेखि १० डिसेम्बरसम्म विश्वभर महिला हिंसा विरुद्धको १६ दिने अभियान मनाउने गरिन्छ।

यस वर्ष नेपालमा ‘अन्तर पुुस्ता समानता, बलात्कार विरुद्ध ऐक्यबद्धता’ भन्ने नारा तय गरियो।

देशैभर बलात्कारविरुद्ध ऐक्यबद्धता कायम गर्दै सचेतनामूलक कार्यक्रम आयोजना गरिए।

तर, १६ दिने अभियान सञ्चालन भएकै बेला नेपालभर २७ जना बलात्कारको शिकार भएका छन्। ९ जना महिला र १८ बालिका बलात्कारको शिकार भएको इन्सेकले जनाएको छ।

अभियानको अवधिमा महिला तथा बालिकाविरुद्ध भएका हिंसासम्बन्धी घटनाको अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ।

यस्तै यो अवधिमा यौन दुव्र्यवहार १०, बलात्कार प्रयास ६, बेचबिखन प्रयास पाँच, हत्या चार, बेचबिखन तीन, बोक्सी आरोप दुई र छाउगोठमा मृत्यु एक गरेर ५८ जना पीडित भएका छन्।

यीमध्ये २५ महिला र ३३ जना बालबालिका छन्।

प्रतिक्रिया दिनुहोस्