काठमाडौं। पाँचाैं संस्करणको कामना फिल्म अवार्ड १९ पुसमा प्रदान गरिने भएको छ। ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा प्रदान गरिने अवार्डमा २६ विधा समावेश छन्।
यीबाहेक एसएमएस भोटिङका आधारमा ‘नम्बर वन पपुलर च्वाइस अवार्ड’ पनि प्रदान गरिनेछ। यो विधामा नायिकाहरू वर्षा राउत, श्रृष्टि श्रेष्ठ, साम्राज्ञी राज्यलक्ष्मी शाह, प्रियंका कार्की र स्वस्तिमा खड्का मनोनयनमा परेका छन्।
अवार्डमा एक/एक जना चलचित्रकर्मीलाई जनही एक लाख रुपैयाँ नगदसहित ‘लाइफ टाइम एचिभ्मेन्ट अवार्ड’ प्रदान गरिनेछ। नेपालमा पछिल्लो समय अवार्डमाथि दर्शक र चलचित्रकर्मीको नै विश्वास उडिसकेको अवस्थामा यो अवार्डलाई भने निकै महत्त्वका साथ हेरिन्छ।
गत वर्ष चलचित्रकर्मी र दर्शकको मन जितेको कामना अवार्ड यो पटक भने कसरी सम्पन्न हुन्छ त्यो भने हेर्न बाँकी छ।
" /> काठमाडौं। पाँचाैं संस्करणको कामना फिल्म अवार्ड १९ पुसमा प्रदान गरिने भएको छ। ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा प्रदान गरिने अवार्डमा २६ विधा समावेश छन्।यीबाहेक एसएमएस भोटिङका आधारमा ‘नम्बर वन पपुलर च्वाइस अवार्ड’ पनि प्रदान गरिनेछ। यो विधामा नायिकाहरू वर्षा राउत, श्रृष्टि श्रेष्ठ, साम्राज्ञी राज्यलक्ष्मी शाह, प्रियंका कार्की र स्वस्तिमा खड्का मनोनयनमा परेका छन्।

">